कञ्चनपुर
कञ्चनपुरको पुनर्वास १ मा कम्युनिस्ट किल्ला भत्काउदै नेपाली काँग्रेसले बिजय सुरुआत गरेको छ । पुनर्वासमा केही बेर अघि सम्पन्न मतगणनाको परिणाम अनुसार वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार मोहनलाल राना ९४४ मतका साथ प्यानल सहित बिजयी भएका छन् ।
यस अघि एमालेले जित्दै आएको वडाबाट पहिलोपटक नेपाली काँग्रेसका उम्मेदवारहरु बिजयी बनेका हुन् । पुनर्वास १ मा काँग्रेसका रानाको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका च्याङजो तामाङले ६०४ मत ल्याएर दोस्रो स्थानमा रहेका छन ।
२०७४ मा एमाले बाट वडा अध्यक्षमा निर्वाचित हाल नेकपा समाजवादीबाट उम्मेदवार बनेका प्रतापबहादुर चन्द ५७८ मतमा खुम्चिएका छन । त्यस्तै स्वतन्त्र उम्मेदवार बिरसिह रानाले २४८ मत ल्याएका छन भने राप्रपाका दिलबहादुर तामाङले १०३ मत ल्याएका छन ।