कञ्चनपुर
पुनर्वासमा जारी मतगणनाको सार्वजनिक नतिजा अनुसार नगर प्रमुख पदका नेपाली काँग्रेसका उम्मेदवार तोयप्रसाद शर्मा दोब्बर बढी मतका साथ अग्रता लिइ जितको नजिक पुगेका छन् ।
सोमबार बेलुका सम्म गणना भएको मत परिणाम अनुसार नेपाली काँग्रेसका नगर प्रमुख शर्मा निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार पदम पुजारा भन्दा ४ हजार ७ सय ४१ मत बढी ल्याएर मतान्तर बढाउदै जित सुनिश्चित बनाउन सफल देखिएका छन् ।
काँग्रेस उम्मेदवार शर्माले ९ हजार २२ मत पाएका छन भने उनका निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार पुजाराले ४ हजार २ सय ८१ मत पाएका छन् ।
त्यस्तै नगर प्रमुख पदका गठबन्धनका उम्मेदवार जीवनराज थापाले ३ हजार २ सय ८० मत ल्याएका छन ।
उप प्रमुख तर्फ नेपाली काँग्रेसकी उम्मेदवार भुलिया राना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार धोके राना भन्दा १ हजार ५ सय ९ मतको बढी ल्याएर आफ्नो जित सुनिश्चित बनाउन सफल देखिएकी छन् । उनले ६ हजार ४ सय ६५ मत ल्याएकी छन भने उनका निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार रानाले ४ हजार ९ सय ५६ मत मत पाएका छन् ।
उप प्रमुख एमाले उम्मेदवार शुशिला खत्रीले ४ हजार ८ सय ५० मत ल्याएर तेस्रो स्थानमा रहेकी छन् ।
पुनर्वासका जम्मा ११ वडा मध्य समाचार तयार पार्दा सम्म १० वटा वडाको मत परिणाम सार्वजिक भइ सकेको छ ।