April 24, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भारी मतान्तरले हराउँदै पुनर्वास नगरपालिकामा काँग्रेसका ताेया र भुलिया बिजयी

मा प्रकाशित

जुद्ध चाैधरी

पुनर्वास, जेठ ०९ । कञ्चनपुरकाे पुनर्वास नगरपालिकामा प्रतिस्पर्धीलाई भारी मतान्तरले हराउँदै प्रमुख र उपप्रमुख काँग्रेसले जितेकाे छ । नेपाली काँग्रेसबाट नगर प्रमुखका लागि ताेय प्रसाद शर्मा र उपप्रमुखमा भुलिया कुमारी रानाले भारी मतान्तरले बिजयी भएका हुन ।
नेपाली काँग्रेस बाट नगर प्रमुख पदका उमेदवार ताेया प्रसाद शर्माले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार पदम बहादुर पुजारालाई ५,३३२ मतकाे फराकिलाे मतान्तरले हराउँदै बिजयी भएका छन । ताेया प्रसाद शर्माले १०,००६ मत प्राप्त गरेका छन भने एमालेका पदम पुजाराले ४,६७४ मत ल्याएका थिए । त्यसैगरी नेकपा एकिकृत समाजवादीका उमेदवार जीवन राज थापाले ३,७३४ मत पाएका थिए ।
उप प्रमुखमा नेपाली काँग्रेसका उमेदवार भुलिया कुमारी रानाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र बाट उमेदवार रहेका धाेखे रानालाई पराजित गर्दै नेपाली काँग्रेसकी भुलिया कुमारी राना बिजयी भएकी छिन । भुलियाले ७,३४५ मत प्राप्त गरिन भने धाेखेले ५,४९२ मत मात्र प्राप्त गरेका छन । त्यसैगरी एमालेका सुशीला खत्रीले ५,४०३ मत प्राप्त गरेकी छिन ।
पुनर्वास नगरपालिकामा ३४,०३६ मतदाता रहेकाेमा २३,६०५ मत खसेकाे थियाे भने ६२२ मत बदर भएका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु