कञ्चनपुर
बुधबार सपथ ग्रहण गरि कार्यभार सम्हालेका पुनर्वास ७ का वडा अध्यक्ष मुलचन्द रानाले जनताको काममा सघाउ पुगाउन कर्मचारी संगसंगै जनप्रतिनिधिलाई पालैपालो कार्यालयमा खटाउने पहिलो निर्णय गरेका छन् ।
सपथ ग्रहण पश्चात् कार्यकक्षमा प्रवेश गरेका वडा अध्यक्ष रानाले सेवाग्राही जनतालाई छिटोछरितो सेवा दिन पालैपालो हरेक दिन जनप्रतिनिधिलाई समेत खटाउने लगायतका ३ वटा निर्णय गरेका हुन ।
वडा अध्यक्ष रानाले बिकास निर्माणका योजना टोल सुधार समितिसँग समन्वय गरेर कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।
तेस्तै उनले वडा कार्यालय परिसरमा युवायुवती र बृद्ध बृद्धाका लागि ब्यायामशाला निर्माण गरिने निर्णय गरेका हुन ।