December 5, 24
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

हात्ति आतंक बढे पछि लालझाडीका किसान उखु खेती गर्न छाड्दै

मा प्रकाशित

जुद्ध चाैधरी
कञ्चनपुर, जेठ १३। हात्ति आतंक बढेपछि कञ्चनपुरकाे लालझाडी गाउँपालिकाका किसान उखु खेती गर्नै छाडेका छन । नजिकैकाे शुक्लाफाँटा बन्यजन्तु आरक्ष तथा सामुदायिक वनबाट हात्तिकाे बथान आएर सयाेँ बिघामा लगाईएकाे उखु नष्ट गर्न थाले पछि किसानहरु खेती नै गर्न छाडेका छन ।
   मुख्य आम्दानिकाे श्राेतकाे रुपमा रहेकाे उखु हात्तिले सखाफ पार्न थाले पछि किसानहरु चिन्तित बनेका छन । यहाँका किसानहरु प्राय उखु खेती गर्ने गर्दछन । उखु खेती बाटै घरपरिवार पालिरहेका उनीहरु अहिले सराेकार निकायले राेकथामका लागि पहल नगरेकाे गुनासाे गर्छन ।
       पहिला बिभिन्न संघसंस्थाले सहयाेग गर्दा किसानहरु उखु खेती तर्फ उत्साहित भएकाे बताउदै सुनिता राना अहिले बिगत २ बर्ष देखि उखु खेती गर्न छाडेकाे बताउछिन ।
     उखु खेतीकाे लागी उपयुक्त जमिन रहेकाे कञ्चनपुरकाे लालझाडी गाउँपालिकालाई चारै तर्फ बाट जँगल र नदीले घेरेकाे छ । उखु खेतीका लागि पर्याप्त जमिन हुँदा समेत किसानहरु उखु खेती गर्न छाडेका छन । हात्ति आतंककै कारण जीवन यापनमा निकै कठिनाई आउन सक्ने अर्का किसान ईन्द्र जीत राना बताउछन ।
      यस्तै भाेगाई सुनाउछन अर्का किसान राम सागर राना । ४ बिघामा लगाउँदै आएकाे उखु खेती अहिले हात्ति आतंक बढेपछि एक कठ्ठामा पनि उखु राेपेका छैनन । उखु बाट मात्र बर्षेनी ५ देखि ६ लाख रूपैया आम्दानि कमाउदै आएका उनी अहिले एक कठ्ठामा पनि उखु राेपेका छैनन । खेतीपातीमा सधै ब्यस्त रहने लालमती देबी रानाकाे दुई बर्ष अघि डेढ बिघाकाे उखु हात्तिले सखाप बनायाे ।  आजभाेली जीवन गुजाराका लागि भए पनि दश कठ्ठामा मात्र उखु खेती गरिरहेकी छिन ।
      मुख्य आमदानिकाे श्राेत रहेकाे उखु खेती हात्ति अातंकले सखाप बनाउँदा स्थानियहरु निकै चिन्तित छन । सम्बन्धित निकायले हात्ति आतंक राेक्न पहल नगर्दा बिगत ३ बर्ष दखि उखु यहाँका किसानहरु उखु खेती बिस्तारै छाड्दै गएका छन । सम्बन्धित निकायले हात्ति आतंक राेख्न जैविक मार्ग ब्यवस्थापन गर्दा जिवजन्तु र किसान दुबैलाई लाभदायी हुने थियाे ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु