धनबहादुर बिक
कञ्चनपुर
नेपाल रानाथारू समाज कञ्चनपुर ले जिल्ला को नौवटै स्थानीय तहमा राना समुदायबाट निर्वाचित जनप्रतिनिधि लाई शनिबार एक कार्यक्रम को आयोजना गरि सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
हालै सम्पन्न स्थानीय निर्वाचन मा जिल्ला को नौवटै स्थानीय तहमा नव निर्वाचित राना समुदायका जनप्रतिनिधि हरूलाई समाजले सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
समाजले जिल्ला को दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ५ मा रहेको श्री कालेस्वार महादेव मन्दिर को सभाहलमा उक्त कार्यक्रम को आयोजना गरेको थियो ।
संस्कृति बचामए , कुरीति हटामए निर्झल समाज बनामए , रानाथारू जातिके राज्यमे आरक्षणको व्यवस्था करामए मुल नारा सहित आयोजना गरिएको उक्त कार्यक्रममा बेलडाडी गाउँपालिकाबाट निर्वाचित हरिश्चन्द्र राना , लालझाडी गाउपालिकाबाट निरणवाचित निर्मल राना , लगायत १ जना पालिका उपाध्यक्ष , १२ वडा अध्यक्ष र ३६ वडा सदस्य गरि ५१ जनालाई सम्मानित गरिएको थियो ।
सो अवसरमा भिमदत्त नगरपालिका मेयर पदम बोगटी , पुनर्वास नगरपालिका मेयर तोय प्रसाद शर्मा , बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ति नाथ , शुक्लाफाँटा नगरपालिका उपमेयर कमला पन्त , बेलौरी नगरपालिका उपमेयर जोगराम चौधरी लगायतका जनप्रतिनिधि लाई समेत सम्मान तथा बधाई ज्ञापन गरिएको थियोे ।
नवनिर्वाचित जनप्रतिनिधि हरूलाई प्रमाणपत्र सहित खादा अोढाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।सो अवसरमा पुनर्वास बेलौरी , लालझाडी , बेलडाडी , शुक्लाफाँटा का भर्रा भल्मन्सा प्रथम सम्मेलन को समेत आयोजना गरि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ता हरूले राना थारू समाजले गरेको सम्मान प्रति आभार प्रकट गर्दै कञ्चनपुर मा छरिएर बसोबास गर्ने रानाथारू समुदायको धर्म संस्कृति , भाषा भेषभुषा संरक्षण गर्ने बिषयमा आफुहरूले बिशेश पहल गर्ने बताएका छन ।
रानाथारू हरू कैलाली कञ्चनपुर का धर्ति पुत्र हुन यीनीहरूको छुट्टै पहिचान छ , म यो समुदायको उच्च सम्मान गर्छु भिमदत्तका मेयर पदम बोगटीले बताए ।
रानाथारू समुदायको संस्कृति , भाषा भेषभुषा संरक्षण का लागि नगरपालिका बाट कुनै प्रकारको कन्जुस्याइँ नगर्ने पुनर्वास नगरपालिका मेयर तोय प्रसाद शर्माले बताए ।
नेपाल रानाथारु समाज जिल्ला कार्य समिति , कञ्चनपुर ले आयोजना गरेको कार्यक्रम मा नेपाल रानाथारू समाज कञ्चनपुर का अध्यक्ष प्रेमवती राना को सभापतित्वमा भएको कार्यक्रममा रानाथारू समाज केन्द्रीय अध्यक्ष कृपाराम राना प्रमुख अतिथि रहेका थिए ।
बिशिस्ट अतिथि भिमदत्त नगरपालिका प्रमुख पदम बोगटी पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद राना , बेलडाडी गाउँपालीका अध्यक्ष हरिश्चन्द्र राना , लालझाडी गाउपालिका प्रमुख निर्मल राना लगायत रहेका थिए
समाजका जिल्ला कार्य समिति सदस्य मनोहर राना ले स्वागत गरेको कार्यक्रम को सञ्चालन सचिव सतेन्द्र रानाले गरेका थिए ।