पुनर्वास, जेठ २२ । पुनर्वास नगरपालिकाकाे कार्यपालिका बैठक बिभिन्न निर्णय गर्दै आईतबार सम्पन्न भएकाे छ ।
कार्यपालिकाले आगामि आर्थिक बर्षका लागि सबै वडा कार्यालयले जेठ ३० गते सम्म वडा भेला सम्पन्न गराउन वडा कार्यालयलाई निर्देशन गर्ने निर्णय गरेकाे छ । त्यसैगरी मालपाेत, एकिकृत सम्पत्ती कर वडा कार्यालय बाटै बुझ्ने ब्यवस्था गर्ने, पुनर्वास सँग जाेडिएका नेपाल भारत सिमा क्षेत्रका नेपाली जमिन र बाढी प्रभावित जमिनकाे तथ्याङ्क सँकलन गर्ने निर्णय गरेकाे छ ।
त्यसैगरी पुनर्वास न.पा. ५ मा रहेकाे गाैरी शँकर माध्यािक विद्यालयलाई शैक्षिक सत्र यसै वर्ष देखी कक्षा ९ मा वाली बिज्ञान (कृषी) बिषयकाे प्राबिधिक तर्फकाे अध्यापन गराउन अनुमति दिने निर्णय भएकाे नगर प्रमुख ताेय प्रसाद शर्माले जानकारी गराउनु भयाे ।
पुनर्वास नगर कार्यपालिकाकाे पहिलाे बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न
मा प्रकाशित