पुनर्वास, जेठ २३ । कञ्चनपुरकाे पुनर्वासमा रहेकाे विद्युत फ्युज सेवाका प्रमुख चित्र प्रसाद जाेशीले मिटर बितरणमा बदमाशी गरेकाे भन्दै स्थानियले कुटपिट गरेका छन । महिनौं देखि मिटरको रकम लिई विद्युत मिटर उपलब्ध नगराएकाे स्थानियकाे आराेप छ ।
आईतबार फ्युज प्रमुख जोशीले पुनर्वास-५ का दलबहादुर बोगटीलाई पुनर्वास-११ का नरबहादुर साउदको नाममा निकासा भएको विद्युत मिटर दिन खोजेपछि उनी कार्यालयमै कुटिएका हुन् ।
फ्युज प्रमुख जोशी ४/५ महिना देखि न फोन उठाउने, न कार्यालयमा भेट हुने भएपछि आईतबार बिहानै देखि भेट गर्न कार्यालय अगाडी पर्खाईमा बसेको सेवाग्राही ईन्द्र बोगटीले बताए ।
उनले नियम भन्दा बढि रकम लिई आफु जस्ता ९/१० जनालाई महिनौ देखि दु:ख दिदै आएको गुनासो गरे ।
त्यस्तै अर्का सेवाग्राही रमेश रानाले मिटरका लागि निवेदनसंगै ५ हजार रकम दिएको ७/८ महिना बितिसक्दा पनि भोली, पर्सी भन्दै बारम्बार हैरानी दिदै आएको बताए । आफुजस्ता धेरै व्यक्तिबाट कम्तीमा ५ हजार सम्म रकम लिई प्रमुख जोशीले परेसानी दिदै आएको उनको भनाई छ ।
पुनर्वास फ्युज प्रमुखको जिम्मेवारी पाएका जोशीले कहिल्यै फोन समेत नउठाउने त कहिले फोन नै स्विच अफ गरेर राख्ने गरेको सेवाग्राहीका गुनासाहरु बढि छन् ।
कुटपिट पछि ईलाका कार्यालय त्रिभुवनबस्तीको परिसरमा विद्युत मिटर उपलब्ध गराउने सहमती पछि विवाद साम्य भएको बुझिएको छ ।
