जमुना न्युरे
२३ जेठ, सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा न ८ मा रहेको लठुवा सामुदायिक बनमा बिहान ७ बजे खोला किनारमा घाँस काट्दै गरेकी एक महिलालाई चितुवाले आक्रमण गरी घाइते बनाएकाे छ ।
बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा वडा नम्बर –८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उनलाई मुख, हात र टाउकोमा चोट लागेको थियो ।
चितुवा कहाँ बाट कसरी आयर आक्रमण गर्यो आफुले थाहा नपायको घाइते बोहराले भनिन ।
उनी घाइते भयपछि स्थानीयले उपचारका लागि घोडाघोडी अस्पताल सुखड ल्याइयको हो ।
घट्नाका बारेमा डिभिजन बन कार्यलय पहलमानपुर र सब डिभिजन बन कार्यलय साडेपानीलाई जानकारी दियको स्थानीय तथा सामुदायिक बनका अध्यक्ष रण बहादुर बडुवालले बताए ।
घट्नाको जानकारि पाय पछि घट्नास्थलमा गयको सब डिभिजन बन साडेपानी का प्रमुख गौचरण चौधरीले भने
चितुवा आफै घाइते अवस्था भयकाले महिलालाइ आक्रमण गरेको बताए ।
घाइते अवस्थामा भयको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीको सहयोगमा करिब ६ घण्टा पछि नियन्त्रणमा लिएको छ।
वयस्क चितुवाको खुट्टामा चोट र ढाडमा दुई वटा गोली लागेको र उपचार, पुनः स्थापनाका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिए ।
चितुवालाई चोरी सिकारी हरुले गोलि हानेको हुन सक्ने बताउदै ,पछिल्लो समयमा घोडाघोडी नगरपालिका दुई वटा चितुवा चोरिसिकारिले पासो मा हालेर मारेका थिय।