April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको १० नम्बर वडा कार्यालयमा तालाबन्दी

मा प्रकाशित

 

कञ्चनपुर
सरकारी जग्गामा सहकारी संस्थालाई कार्यालय भवन बनाउन जग्गा दिन वडा अध्यक्षले सिफारिस गरे पछि पुनर्वास नगरपालिका १० नम्बर वडा कार्यलयमा आक्रोशित स्थानीयले तालाबन्दी गरेका छन् ।

०७८ मंसिर १ गते वडा अध्यक्ष शुकदेव रानाले साना किसान कृषि सहकारी संस्थालाई वडाकार्यालयको जग्गा दिने सिफारिस गरेको देखिएको छ । गत मंसिर मै कार्यालय भवन बनाउन सिफारिश दिई ०७९ जेठ १८ गते सर्वदलीय बैठक बाट सरकारी संस्था बाहेक अन्य कुनै पनि संस्थालाई भवन बनाउन वडा कार्यालयको जग्गा नदिने निर्णय गरेका छन् ।

नाफा मुखी ब्यबसायीक सहकारी संस्थालाई कार्यालय भवन निर्माणका लागि सरकारी जमिन उपलब्ध गराउन नहुने भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।

वडा अध्यक्ष शुकदेव रानाले गत मंसिर १ गते नै उक्त सहकारीलाई अन्दाजी १६ मिटर लम्बाइ र १६ मिटर चौडाइ बराबर १८ धुर जग्गा सिमाना साना किसान कृषि सहकारी संस्थालाई दिन सिफारिश गरेका थिए ।

यस सम्बन्धमा बिस्तृत बुझ्न वडा अध्यक्ष राना संग सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन सकेन

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु