September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

चारघरुवा देखि श्रीलंका सम्म पक्की सडक बन्ने,राज्यमन्त्री कुलवीर चाैधरी द्वारा शिलान्यास

मा प्रकाशित

बेलाैरी, जेठ ३१ । सुदूरपश्चिम प्रदेश सरकारकाे भाैतिक पूर्वाधार विकास मन्त्रालय मार्फत कञ्चनपुरकाे बेलाैरी नगरपालिका २ मा साँढे चार कराेडकाे लगानीमा बन्ने पक्की सडककाे राज्यमन्त्री कुलबीर चाैधरीले साेमबार शिलान्यास गर्नु भएकाे छ ।
बेलाैरी नगरपालिका २ काे चारघरुवा देखि श्रीलंका सम्म तीन हजार आठ सय मिटर लम्बाई र साँढे पाँच फिट चाैडाई रहने गरी निर्माण कार्य थालिएकाे छ । निर्माणकाे ठेक्का मालिका निर्माण सेवाले पाएकाे छ । निर्माण कम्पनी सँग २०७९ साल जेठ २५ गते सम्झाैता भएकाे हाे । निर्माण कम्पनीले २०८० असार मसान्त सम्म काम सम्पन्न गरी फरफारक गरिसक्नु पर्ने छ । बाटाेमा पर्ने ससाना नालामा गरी जम्मा ९ ओटा ह्युमपाइप समेत राखिने छ ।
बर्षातकाे समयमा हिलाे र पानी जमेर आवत जावतमा निकै समस्या हुने गरेकाले पक्की सडक निर्माण भईरहेकाे भाैतिक पूर्बाधार बिकास राज्य मन्त्री कुलबीर चाैधरीले जानकारी गराउनु भयाे । पक्की सडक निर्माण भएपछि बेलाैरी नगपालिकाका वार्ड नं. १ र २ वडाका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु