April 16, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास मा बालबिबाह अन्त्य तथा बालअधिकार सुनिस्चित का लागि कार्यदल समिति गठन

मा प्रकाशित

धनबहादुर बिक
पुनर्वास, अषाढ ०५ ।
सानै छु म बढ्न देउ, बाल बिबाह होइन पढ्न देउ नारा सहित
बाल बिबाह अन्त्य सम्बन्धि नगरपालिका स्तरको कार्ययोजना निर्माण को दुई दिने कार्यशाला गोष्ठी पुनर्वास मा सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय कञ्चनपुर ले आयोजना गरेको दुई दिने कार्यशाला गोष्ठी पछि पुनर्वास मा बालबिबाह अन्त्य गर्न बाल अधिकार सुनिश्चितता का लागि नवराज सापकोटा को संयोजकत्वमा १३ सदस्यीय कार्यदल समिति गठन गरिएको छ ।
नवगठित समितिको सदस्य हरूमा रिता मल्ल , मनमाया बिस्वकर्मा, प्रमिला क्षत्री , रामबहादुर धामि , लालबहादुर शाही , डिल्ली प्रसाद शर्मा वासुमाया तामाङ , कृष्णबहादुर तामाङ , मोहनलाल राना , नितेश उपाध्याय र धनबहादुर बिक रहेका छन ।
नवगठित समिति ले विकृतिको रूपमा रहेको बालबिबाह अन्त्य का निमित्त खबरदारी गर्ने , जनचेतनामूलक कार्यक्रम हरू प्रदर्शन गर्ने , त्यसता अपराध गर्ने माथि कानुनी उपचारका कार्यक्रम हरू तय गर्ने रहेको सामाजिक विकास कार्यालय कञ्चनपुर कि प्रतिनिधि लक्ष्मि बिकले बताईन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तोया प्रसाद शर्माले समाजमा जरा गाडेर रहेको विकृति पुर्ण संस्कार लाई न्युनिकरण गर्नका निमित्त जिम्मेवार नागरिक तथा सम्बन्धित सरोकारवालाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने र पुनर्वास मा गठित कार्यादलले सकारात्मक उदेश्य का लागि ल्यायको प्रस्ताव लाई नगरबाट पूरा गर्न पहल गर्ने बताउनुभयो ।
सामाजिक विकास कञ्चनपुर का प्रमुख धर्मराज जोशी को सभाअध्यक्षमा भएको दुई दिने कार्याशाला गोष्ठीमा वाक नेपाल टिकापुरका प्रतिनिधि पदमराज भट्ट तथा महिला विकास पुनर्वास प्रतिनिधि पार्वती भट्ट प्रशिक्षक रहेका थिए ।
कार्यक्रममा ११ वटै वडाका अध्यक्ष , विभिन्न बिद्यालय का प्रअ महिला स्वयंसेवी , पत्रकार , बाल सञ्जालका बिध्यार्थि , प्रहरी लगायतको सहभागिता रहेको थियो ।
सामाजिक विकास कञ्चनपुर कि प्रतिनिधि रञ्जना सुनार ले स्वागत गरेको कार्यक्रम को सञ्चालन लक्ष्मि बिकले गरेकि थिईन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु