March 28, 24
14.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सूचक प्रजाति गणना कार्य सुरु

मा प्रकाशित

जमुना न्युरे, सुखड : देशभरिका जलाशय, सिमसार क्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणनामा व्यस्त रहेका छन् ।

जलपन्क्षी छ /छ महिनामा गणना गरिन्छ । कैलाली को घोडाघोडी ताल क्षेत्रमा जलपन्क्षी दुई दिने गणना कार्य सुरु भएको छ । चरा संरक्षण नेटवर्क कैलाली को आयोजनामा गणना कार्य गरिएको छ ।कैलाली जिल्लामा धेरै ताल तलैया रहे ता पनि चराहरूका लागि राम्रो वातावरण घोडाघोडीमा रहेको छ ।

घोडाघोडी तालका मुख्य सूचक प्रजाति हरिहाँस , मगर गोही र जङ्गली धान रहेका छन् । चरा संरक्षण नेटवर्क कैलाली विगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरूको अध्ययन ,अवलोकन ,खोज ,अनुन्साधन गरिरहेको छ। प्रत्येक छ /छ महिनामा आयका धेरै चराहरू बसाई सराइ गरेर केही समयका लागि घोडाघोडी ताल क्षेत्रमा चराहरु आउने गरेका छन् ।

गर्मीको समयमा चराहरूले बच्चा कोरल्ने समय भयकाले यो पटकको गणनामा घोडाघोडी वर्ड सेन्चुरी घोषणा पछिको यो गणना पहिलो हो समयमा कैलाली को घोडाघोडी ताल चरा का लागि महत्त्वपूर्ण क्षेत्रका रूपमा लिएको छ । चरा तथा जैविक विविधता ले यहाँ आगन्तुक चरा हरिहाँस रैथाने चरा भयको छ ।

बगाले सिम कुखुरा ( कमन मुर्हेन) , नादुन हास , सिम कुखुरा (ह्वाइट ब्रेसेड वाटरहेन ) , सिलसिले हास ( लेसर ह्व्स्लिङ डग ) , लामा औले ( ज्याकेना) , जल अपसरा ( फिनसटे टेल ज्याकेना ) राजलाहाछे सुनजुरे हास लगायत का चरा आज बचेरा सहित देखा परेका गणक टोली का प्रमुख दयाराम चौधरी ले जानकारी दिएका छन्। घोडाघोडी तालमा ८ जना को गणना टोली तालमा पुगेको छ । चरा संरक्षण नेटवर्क कैलाली को आयोजना मा सो गणना गरिँदै छ । घोडाघोडी तालमा विश्वमा लोपोन्मुख चरा र नेपालमा लोप हुन लागेका धेरै चरा पाइन्छन् । चरा संरक्षण नेटवर्क कैलाली ले चरा र जैविक विविधताका क्षेत्रमा काम गर्दै आइ राखेको छ । । गणक टोली ले घोडाघोडी ताललाई तीन खन्डमा विभाजन गरि एकै समयमा गणना गरेको छ। गणना दुई दिन सम्म गरिएको हो ।देश भरिमा प्रकृति प्रेमी जलपन्छी गणना उत्सव को रूपमा असारको पहिलो साता .देखि अन्तिम सम्म जलपन्छी गणना गरिन्छ। गणनामा अघिल्लो गर्मी समयमा हरिहाँस २सय ४३ थिए यो पटक बढेर ३ सय १० , जलपक्षिं १७ प्रजातिका ५ सय ९८ वटा सङ्ख्यामा पाएको समेत चौधरीले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु