कञ्चनपुर
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी स्थित भन्सार कार्यालयको स्तर वृद्धिका लागि अर्थ मन्त्रालयको टोलिले स्थलगत निरीक्षण गरेको छ ।
संविधानसभा सदस्य दिवान बिष्टको पहलमा बेलौरी स्थित भन्सार कार्यालयको स्तर वृद्धिका लागि
मंगलबार अर्थ मन्त्रालयका सहसचिव भुमिराम शर्माको टोलिले बेलौरी भन्सार र सीमा नाकाको स्थलगत निरीक्षण गरेको हो ।
राजस्व परामर्श समितिका अध्यक्ष र कैलाली भन्सार कार्यालयका प्रमुख सहितको टोलिले बेलौरी स्थित भन्सार र सीमा नाकाको निरीक्षण गरेको हो ।