धनगढी/ जमुना न्युरे
कैलालीमा सात गोरुगाडा सहित ३० थान सालको गोलिया बरामद गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा ३ रानिकुन्डाको खल्ला खेतबाट शुक्रबार बिहान ४ बजे गोरु गाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सब डिभिजन बन कार्यालय बर्दगोरिया र सब डिभिजन बन कार्यालय साडेपानीले सो काठ बरामद गरेको हो ।
यस्तै तीन जना जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दगोरिया वडा ६ विशालनगर बस्ने ४० वर्षीय दीर्घ बिक , ३८ वर्षीय रमेश बिक र ३६ वर्षीय अर्जुन बिक रहेका छन् ।
बाँकी चार जना भने फरार रहेको बुझिएको छ ।बरामद गरिएको काठ, गोरुगाडा सब डिभिजन बन कार्यालय बर्दगोरिया कम्पाउन्डमा राखिएको छ ।
पक्राउ परेका तीन जनालाई आज नै थप कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढी चलान गरिएको डिभिजन बन कार्यालय पहलमानपुर प्रमुख गोकुल रिजालले बताए ।
