April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अनेसासको वरिष्ठ उपाध्यक्षमा वाग्लेको उम्मेदवारी घोषणा

मा प्रकाशित

काठमाडौँ ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान महासचिव सर्वज्ञ वाग्लेले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर, एनआरएनए आईसीसीको भाषा साहित्यमा चार वर्षको कार्यकाल, एनआरएनए अमेरिकाको उपाध्यक्ष, एनआरएनए अमेरिकाको भाषा साहित्यको संरक्षक तथा हाल अनेसासको महासचिवलगायत सङ्गठनमा रहेर लामो सङ्गठनात्मक अनुभव बटुलिसकेका वाग्लेले अनेसासको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि आफ्नो उम्मेदवार घोषणा गरेका हुन् ।
“अनेसास देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाल भाषीहरूको साझा मञ्च हो । यो संस्थाले तिसौँ वसन्त पार गरिसके पनि अझै धेरै साहित्यकारहरूलाई एकीकृत गर्न सकेको छैन,”वाग्लेले भने, “मैले दुई वर्ष महासचिव भएर काम गर्दा पूर्वकेन्द्रीय समिति, ट्रष्टिज, केन्द्रीय कार्य समिति एवं च्याप्टरलाई मात्र नभई आजीवन सदस्य, साहित्यकारज्यूहरूलाई अनेसासको अभियानमा जोड्ने सार्थक प्रयत्न निरन्तर गरिरहेँ । अब वरिष्ठ उपाध्यक्ष बनेर संस्था तथा नेपाली भाषा साहित्यलाई थप उचाइमा पुर्‍याउने भूमिका निर्वाह गर्न चाहन्छु ।”
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु