April 20, 24
19 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जहाँ ईच्छा त्यहाँ उपाय,दुई सन्तानकी आमा रहेकी पार्बती ७ कक्षा पढ्दै

मा प्रकाशित

धनबहादुर बिक
पुनर्वास, अषाढ १७ ।
शिक्षा आर्जन गर्नलाई उमेरले छेक्दैन । यसकाे ज्वलन्त उदाहरण बनेकी छिन कञ्चनपुरको पुनर्वास नगरपालिका ६ सुकुम्बासी बस्तिकि पार्वती सुनार ।
उमेरले नेटो नकाटे पनि दुई सन्तानकि आमा पार्वती अहिले २७ बर्षकि भईन । जेठो छोरा रेशम सुनार ११ बर्ष र कान्छो छोरा ७ बर्षका छन । दुई छोराहरू हुर्कदै गर्दा बिद्यालय छोडेको १२ बर्षपछि पार्वती ले आफ्नो अधुरो रहेको अध्ययन लाई निरन्तरता दिन थालेकि छिन । यसै शैक्षिकसत्र देखि स्थानीय जीवन ज्योति माविमा कक्षा ७ मा भर्ना भएकिपार्वती सुनार र उनका जेठा छोरा पनि सोही बिद्यालय मा कक्षा ६ मा अध्ययनरत छन ।
आकासे सर्ट र निलो स्कर्ट पहिरियर छोरा संगै नियमित बिद्यालय जाने र बिद्यालय मा पनि अन्य बिध्यार्थि संग मिलेर बस्ने गर्छिन पार्वती सुनार ।
करिब १२ बर्ष अघि कक्षा ८ मा पढ्दापढ्दै १५ बर्षको उमेरमा गाउले युवक यम बहादुर सुनार संग माया प्रेम बसी बिवाहा बन्धनमा बाँधिएकी सुनार ले पढाइ छोड्नुपरेको थियोे ।
सुकुम्बासी बस्तिमा बसोबास गर्ने पार्वती दम्पती आर्थिक अभावका कारण जिविकोपार्जनका लागि भारत तिर धाउने गरेको र भारतमा काम गर्दैगर्दा शिक्षाको अभाव खटिएको ले नेपाल मा आएर अधुरो रहेको शिक्षा लाई पूरा गर्ने अठोट लिएको उनले बताईन । रोजगारी का सिलसिलामा भारतमा रहँदा अरूले अङ्ग्रेजी मा कुराकानी गरेको देख्दा अनि आफुलाई होच्याएको सुन्दा ईख्खिएर नेपाल मा आएर पुनः अधुरो रहेको शिक्षा लाई पूरा गर्ने लक्ष्य लिएको उनले बताईन ।
आफुले फेरि पढ्ने ईच्छा जागेको कुरा श्रीमान यम बहादुर सुनारलाई सुनाउदा श्रीमान एकपटक हास्नुभयो तर पछि सहमति दिनुभएको उनले भनिन । घरका अन्य सदस्य सासू , जेठाजु र देवर सबैले सहयोग गर्नेगरेको उनलेे बताईन ।
आर्थिक रूपमा दयनिय अवस्था छ , सरकार को जनता अावास कार्यक्रम अन्तर्गत दुई कोठे टिनले छाएको घर र घरवरिपरि सडक मार्गले नछोएको करिब ७/८ कठ्ठा एैलानी जग्गामा बसोवास छ सुनार परिवारको । खासै उबजाउ जग्गा नभएकोले परिवार भरणपोषण का लागि श्रीमान जेठाजु र देवर भारततिरै धाउनुपर्ने बाध्यता छ ।
पढाइमा केही कमजोर देखिएपनि पढ्ने ईच्छा र साहस गरेको मा खुसी हुँदै बिद्यालय का शिक्षक शिक्षिकाले उनलाई सम्मान तथा हौसला दिने गरेका छन ।
थोरै कमजोर छिन तर जिज्ञासु छिन यो नै ठुलो कुरा हो शिक्षक युवराज सुंयेलले भने ।
नियमित अध्ययन गर्दै गरिन भने कक्षा १२ सम्म कुनै अतिरिक्त शुल्क नलिने बिद्यालय का प्रधान्याध्यापक भरतकुमार बस्नेतले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु