सुशासन , पारदर्शिता , जवाफदेही सरकार लोकतन्त्रका मुल आधार हुन । नेपाली काँग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाले आफू सरकारमा रहेका बेला ब्यबहारमै यसको प्रयोग गरेका थिए ।
उनलाई नेपालमा काँग्रेसीहरु महामानवका रुपमा अर्थ्याउछन पनि । हरेक वर्ष उनको जन्मोत्सव र स्मृति दिवसका अबसरमा शालिकमा माल्यार्पण र उनको महिमा गाउनु बाहेक अहिले उनका अनुयायीहरुले विपीले कोरेको गोरेटो बिर्सी सके ।
लोकतन्त्र प्रती जनताको आशा र भरोसा बलियो बनोस् , सरकारका हरेक कमिकमजोरी जनताले देखुन र बुझुन भनेर विपी आफू सरकारमा रहँदा पत्रकारहरुलाई बोलाएर सरकार र जनप्रतिनिधिहरुका गलत क्रियाकलाप र कमि कमजोरी खोजेर लेख्न अनुरोध गर्दथे ।
तर आज तिनै विपी कोइरालाका अनुयायीहरुले उनको त्यो जनता प्रतिको जन उत्तरदायित्व बिर्सी सके । बिपीका अनुयायी जनप्रतिनिधिहरु आफ्नो गुनगान बाहेक रचनात्मक आलोचना र जनताका सुझाव सुन्नै चहादैनन । वर्तमानका यहि कारणले जनता र काँग्रेस बिचको दुरी बढ्दैछ ।
अरु बिचार र आस्थाका जनप्रतिनिधिहरु भन्दा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाट जनताको आश छ भन्ने ब्यबहारमै देखाउने बेला सिमित स्वार्थमा तल्लिन केही कार्यकर्ताहरुको घेरामा काँग्रेस जनप्रतिनिधि अल्झिरहेको प्रष्ट देखिन्छ । सहि र उचित सुझाव दिन सक्ने कार्यकर्ता र शुभ चिन्तक काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिबाट टाढिन्छ ।
सहि होस वा गलत जे जस्तो काम वा निर्णय हुँदा पनि उत्कृष्ट निर्णय भन्दै मेयर , वडा अध्यक्षहरुको वाह वाही गर्नेहरु नजिक र प्रिय बन्दै जानू काँग्रेस र समाजको उधोगती हो ।
काँग्रेस समर्थित जनप्रतिनिधिहरुले अनावश्यक भिडभाड , तारिफ र बढाइ गर्ने हरुको घेरा तोडेर बिषयगत बिज्ञहरु संग छलफल , भेला गर्दै प्राप्त राय सल्लाह सुझावहरुका आधारमा भावी नीति तथा कार्यक्रम बनाउन समय खर्चिन सके जनताको मतले सार्थकता पाउथ्यो होला ।
सुशासन , शिक्षा , स्वास्थ्य , कृषि , सञ्चार , शान्ति सुरक्षा , बिकास निर्माण , खानेपानी , पर्यटन , वन बाताबरण , समाज कल्याण , दैवीप्रकोप लगायतका थुप्रै क्षेत्रहरु प्रायः पालिकाहरुमा लथालिङ्ग अबस्थामा छन् । यि बिषयगत क्षेत्रहरुको अबस्था सुधार तब सम्भव हुन्छ जब जनप्रतिनिधिहरु किसान देखि बिज्ञका बिच समाधानका लागि उपाय अन्तरकृयामा रहन सक्छन् ।
ठुला होइन स साना काम जसले हजारौं जनताको जीवनमा सहजता ल्याउन सक्छ । त्यस्ता निर्णय र कामलाई ब्यबहारमै देखिने गरि गर्न सके जनताले अनुभुति गर्न पाउथे । जनताले अनुभुति पाउने गरि बिकास गरि सबै तह , वर्ग र समुदायका जनतालाई सुबिधा दिनुनै विपीको चाहाना हो यत्ति बुझ्न सके धेरै हुन्छ ।