नरेश राना/ बाख्रा पालन अनुदानमा अनियमितता भएकाे भन्दै कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा सथानियले तालाबन्दी गरेका छन । कृषी ज्ञान केन्द्र कञ्चनपुर तथा लालझाडी गाउँपालिकाकाे संयुक्त कार्यक्रम अन्तर्गत बाख्रा पालन तथा खोर निर्माण कार्यक्रममा आफ्ना आफन्त र आसेपासेलाई मात्र बाख्रा वितरण गर्न लागिएकाे भन्दै स्थानीयले तालाबन्दी गरेका हुन । प्यारेलाल रानाले भने कृषी ज्ञान केन्द्र बाट नाम सिफारीस भई आएकाले कसलाई दिने नदिने बारे आफ्नाे कुनै हात नरहेकाे बताउनु भयाे । बाख्रा पालन तथा खाेर निर्माणका लागि लालझाडी गाउँपालिकाले आवेदनका लागि जेठ २४ गते सुचना प्रकाशन गरेकाे थियो ।