बेलाैरी, अषाढ २२ । दाेदा नदीमा डुबेर कञ्चनपुरकाे बेलाैरीमा १४ बर्षिय बालककाे मृत्यु भएकाे छ ।
बेलाैरी नगरपालिका ५ बन्तरिया बस्ने शुनिल कुमार चाैधरीका १४ बर्षिय छाेरा निरज चाैधरीकाे बुधवार स्थानिय दाेदा नदीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । साथीहरु सँग खेल्ने क्रममा चिप्लिएर नदीमा खसेकाे मृतकका आफन्तले बताए । मृतक बालककाे शब पाेष्ट मार्टमका लागि श्रीपुर स्वास्थ्य चाैकी बेलाैरीमा राखिएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका बरिष्ठ नायब निरिक्षक रमेश बुढाथाेकीले जानकारी दिनु भयाे ।
मा प्रकाशित