September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

दलित तथा आदीवासी जनजाती गैरसरकारी सँस्थाकाे क्षमता अभिबृध्दी तालिम शुरू

मा प्रकाशित

धनगढी, अषाढ २४ ।  प्रादेशिक दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभिवृद्धि तालिम शुक्रबार बाट धनगढीमा सुरु भएको छ । लिडरसिप एकेडेमी नेपाल (LAN) को आयोजनामा भएको तालिम तीन दिन सम्म सञ्चालन हुने छ ।

शुक्रबार देखि सुरु भएको तालिमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका रहेका थिए । मन्त्री रैकाले यस प्रकारका तालिमले क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले देशमा गैरसरकार संस्थाहरु नभएको भए दलित, आदिवासी तथा सिमान्तकृत समुदायका मुद्धाहरु झन ओझेलमा पर्ने बताए । ‘कतिपयले गैरसरकारी संस्थाहरुको आलोचना गरिरहेका हुन्छन’, राज्यमन्त्री रैकाले भने ‘तर, त्यस्तो होइन । दलित, आदिवासी तथा सिमान्तकृत समुदायका धेरै मुद्धाहरुको आवाज उठाउने काम गरेको छ ।’

सरकारले बनाएको नीति तथा कानुन कार्यान्वन गर्न नागरिक समाजले पैरवी गरेको उनको भनाई रहेको छ । उनले समाजमा दलितको पक्षमा बनेको कानुनहरु कार्यान्वयन समेत नभएको बताए । दलितका सवलामा थुप्रै कानुन भए पनि व्यवहारमा लागू हुन नसकेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रशिक्षक लिला शर्मा, अशोकविक्रम जैरु, तालिम सहजकर्ता प्रेम ढुङगाना, दलित अधिकारकर्मी खड्क विक, दलित महिला अधिकारकर्मी सचि सोव र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका हुन् । लानका चिफ अप्रिरेटिङ, अफिसरजयन्द्र रिमालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका ९ जिल्लाकै दलित, जनजातिहरुको सहभागिता रहेको थियो । तालिम असार असार २६ गते सम्म सञ्चालन हुने छ । औपचारीक कार्यक्रम ९लान ०का सुदुरपश्चिका सहजकर्ता खडक बहादुर रावलले सन्चालन गर्नु भएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु