- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कालिका क्लबका खेलाडीद्वारा आई बी आर डी बजारमा सरसफाई

मा प्रकाशित

 

किशोर तामाङ
पुनर्वास
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका स्थित आई बी आर डी बजारमा स्थानीय कालिका युवा क्लबमा आवद्ध प्रशिक्षक, खेलाडी तथा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आई बि आर डि बजार क्षेत्र लगायत हाटबजार क्षेत्रको सरसफाइ गरेका छन् ।

कालिका युवा क्लबका खेलाडीहरुले पुनर्बास नगरपालिका वडानम्बर ३ राला चोक देखि मेन बजार हुदै नगरपालिका चोक सम्म सडक सरसफाई गरेका हुन्। दिन प्रतिदिन अस्तब्यस्त बन्दै गएको बजारमा फोहोरमैला व्यवस्थापनको काम फितलो हुदा बजार क्षेत्रबाट उठन नसकेको फोहोर जताततै छरपस्ट हुदा बजारनै कुरूप देखिन थाले पछि स्थानीय क्लव सरसफाई का निम्ति झाडु लिएर सडकमा निस्केको कालिका युवा क्लबका टिम क्याप्टेन सुदिप तामाङले बताए।

- विज्ञापन -

खेलाडीको काम खेल खेल्नुका साथै अतिरीक्त क्रियाकलाप विभिन्न सामाजिक गतिबीधि पनी गर्ने हुदां खेलाडी तथा प्रशिक्षक मिलेर बजार सरसफाइ मा जुटेको कालिका युवा क्लबका खेलाडी रेवन तामाङले बताए।

 

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु