पुनर्वास ,
कञ्चनपुरको पुनर्वास ९ बिचफाँटाको सडक शनिबार बिहान परेको झरिले भत्काएको छ ।
बिचफाँटा स्थित हरियाली टोल देखि मुल सडक जोड्ने सडक र हालै ग्रावेल सम्पन्न भएको बाटो हिडडुल गर्न नसकिने गरि ठाउँठाउँमा भत्किएको छ ।
झरिले भत्काएको उक्त स्थानमा पुनर्वासका नगर प्रमुख तोय प्रसाद शर्माले अनुगमन गरेका थिए ।
भिरालो स्थानमा रहेको उक्त बाटोमा पानीको निकास नभएकाले सडक ठाउँ ठाउँमा भत्किन पुगेको स्थानियहरु बताउछन् ।
अनुगमनमा पुगेका मेयर शर्माले भत्किएको उक्त सडकमा आवत जावत्मा सहजताका लागि तत्काल मर्मत संभार गरिने बताए ।
मा प्रकाशित