April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कृषि विकास बैंकद्वारा पुनर्वास र बेलौरीका शैक्षिक संस्थामा नगद तथा सामाग्री बितरण

मा प्रकाशित

कञ्चनपुर

कृषि विकास बैंक लि शाखा कार्यालय बेलौरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुनर्वास र बेलौरीका शैक्षिक संस्थालाई नगद तथा कम्प्युटर सहयोग गरेको छ ।

बैंकले पुनर्वासको सीताबस्ती स्थित जीवन शक्ति आधारभूत विधालयलाई थान ३ कम्प्युटर सहयोग गरेको छ। बुधबार एक कार्यक्रमको आयोजना गरेर कृषि विकास बैंक लि प्रदेश कार्यालयका निर्देशक योगेन्द्र बहादुर सिंह र शाखा बेलौरी का प्रबन्धक दिपक कुवरले बिधालय का प्रधानाध्यापक प्रयागराज उपाध्यय र बि ब्य स अध्यक्ष पदम परियार लाई हस्तान्तरण गरेका थिए । सोही अबसरमा नबोदय जीवन शक्ति युवा क्लब लाई ३ थान फुटबल समेत हस्तान्तरण गरिएको थियो ।

कृषि विकास बैंक लि शाखा कार्यालय बेलौरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली बहुमुखी क्याम्पस बेलौरी कंचनपुरलाई आर्थिक सहयोग गरेको थियो । बुधबारनै आयोजित कार्यक्रममा बैंकका प्रदेश कार्यालयका निर्देशक सिंह र शाखा बेलौरी का प्रबन्धक कुवरले महाकाली बहुमुखी क्याम्पस बेलौरी कंचनपुर लाई साइकल स्टेण्ड निर्माण का लागि रु.१५०,००००/-को चेक हस्तान्तरण गरियो साथै उक्त क्याम्पस मा अध्ययनरत बिद्यार्थी हरु माझ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु