कञ्चनपुर । कृषि उत्पादकत्व वृद्धि गरि किसानको आर्थिक स्तर उकास्न बेल्डाँडी गाउँ पालिकाले आगामी आर्थिक वर्षको लागि बिशेष कार्यक्रम ल्याएको छ ।
बेल्डाँडीमा कृषि ब्यबसायलाई आधुनिकीकरण गर्दै उत्पादनमा आत्मनिर्भर बनाएर किसानको आर्थिक स्तर उकास्न विविध कार्यक्रम ल्याइएको बेल्डाँडी पालिका प्रमुख हरिश्चन्द्र रानाले बताए । पालिकामा कृषि क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा ५५ लाख बिनियोजन गरिएको प्रमुख रानाले बताए ।
बेल्डाँडीका किसानलाई बाख्रा , बंगुर मतस्य पालन लगायतका पशुपालन ब्यबसाय संगै खाद्य तथा तरकारी उत्पादनमा वृद्धि गर्ने कार्यक्रम ल्याइएको उनले बताए । बेल्डाँडीको आय श्रोत कृषि ब्यबसायनै रहेकाले यसको समुचित विकासका लागि पालिकाले बिशेष कार्यक्रम ल्याएको उप प्रमुख शान्ति नाथले बताइन् । युवालाई कृषि ब्यबसायमा आकर्षित गरि उत्पादन वृद्धि गर्न पालिकाले बिशेष कार्यक्रम ल्याएको उप प्रमुख नाथले बताइन् ।
बेल्डाँडीको प्रमुख आय श्रोतनै कृषि ब्यबसाय रहेकाले यसको आधुनिकीकरणका लागि बीउ, कृषि सामाग्री , प्रविधी लगायतमा पालिकाले बिशेष कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले बताए । खाद्य बाली , मासुजन्य उत्पादन तथा तरकारी उत्पादनमा बेल्डाँडीलाई आत्मनिर्भर बनाएर आय स्तरमा समेत सुदृढ बनाउने पालिकाको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।