October 4, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

तराईमा अत्यधिक गर्मि बढ्याे जनजिवन अस्तब्यस्त

मा प्रकाशित

कञ्चनपुर, श्रावन ०१ । एक हप्तायता देशभर गर्मी बढ्दो क्रममा रहेको छ । राम्ररी हावा नचल्दा र पानी नपरेकाले गर्मी बढेको हो । पानी पार्ने न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले एक हप्तायता देशभर गर्मी बढ्दा नागरिकको जनजीवन प्रभावित भएको छ ।
तराई क्षेत्रको जनजीवन गर्मीले अझ अस्तव्यस्त भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काठमाण्डौ उपत्यकासहितका पहाडी क्षेत्रमा अत्यधिक गर्मी महसुस भएको छ । काठमाण्डौका बासिन्दाले तराईको झल्को दिने गरी गर्मी बढेको बताएका छन् । गर्मीका कारण दैनिक कामका लागि घरबाहिर निस्कन पनि समस्या भएको छ । बजारमा मानिसको चहलपहल कम हुन थालेको छ ।  काठमाण्डौमा आज आइतवार दिउँसोको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । यस्तै आज विराटनगरको तापक्रम ३४ दशमलव ९, भैरहवा र वीरेन्द्रनगरको ३७ तथा दिपायलको ३६ डिग्री सेल्सियस मापन गरिएको छ ।
पर्सि मङ्गलवार राति देखिमात्रै पानी पर्ने भएकाले अझै दुई/तीन दिन गर्मी बढ्ने सम्भावना भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो ।    केही दिनयता बिहानैदेखि दिनभरि चर्को घाम लाग्दा धेरै समस्या भएको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा धेरै समस्यामा परेका छन् । तराईका कतिपय जिल्लामा गर्मीका कारण झाडापखाला, घमौरा र अन्य छालासम्बन्धी समस्याका बिरामी बढ्न थालेका डाक्टरहरूले बताएका छन् ।

उज्यालाे अनलाईनबाट साभार

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु