- विज्ञापन -
December 4, 22
14.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

खुकुरी प्रहार बाट पुनर्वासमा ३ जना घाईते,एककाे अवस्था गम्भीर

मा प्रकाशित

पुनर्वास, साउन ०३ । कञ्चनपुरकाे पुनर्वासमा खुकुरी प्रहार बाट तीनजना घाईते भएका छन । एकजनाकाे अवस्था गम्भीर रहेकाे छ ।
माेतिबस्तीका टेक बहादुर सार्कीले खुकुरी प्रहार गर्दा पुनर्वास न.पा. २ अमरैयाका ४७ बर्षिय बिरासिँह राना, ३८ बर्षिया मधु महता र ४५ बर्षिया धनसरा रावत घाईते भएका छन । मधु महताकाे अवस्था गम्भीर रहेकाे बिएम पाेलिक्लिनिकका डाक्टर सागर केसीले बताउनु भयाे । बिरासिँह र धनसराकाे बिएम पाेलिक्लिनिकमा उपचार भईरहेकाे र गम्भीर रहेकी मधुलाई धनगढी स्थित निसर्ग अस्पताल लैजाने तयारी भईरहेकाे डाक्टर सागर केसीले जानकारी दिनु भयाे । मधु महताकाे टाउकाे र छातीमा गहिराे चाेट लागेकाे छ ।
पसलमा बसेकाे बेला बिना कारण एक्कासी आएर अन्धाधुन्ध खुकुरी प्रहार गरेकाे घाईते बिरासिँह रानाकी पत्नी हरदसाे रानाले बताउनु भयाे । बिरासिँहकाे टाउकाेमा गहिराे चाेट लागेकाे छ । त्यसैगरी धनसरा र मधु घाँस काटेर आउँदै गर्दा उनीहरु माथी आक्रमण भएकाे स्थानियहरुले बताएका छन ।
खुकुरी प्रहार गर्ने टेक बहादुर सार्कीलाई नियन्त्रणमा लिईसकेकाे र आवश्यक कार्बाही प्रकृया अगाडी बढाईने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी  नायब निरिक्षक गाेपाल बाेहराले जानकारी दिनु भयाे । खुकुरी हान्ने टेक बहादुर मानसिक राेगी भएकाे स्थानिय बाट जानकारी पाएकाे प्रहरीले जनाएकाे छ । यद्यपी मानसिक राेगी भएकाे नभएकाे बारे मेडिकल रिपाेर्ट बाट मात्र सत्यतथ्य खुल्ने प्रहरीले जनाएकाे छ ।

 

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु