March 14, 25
12.9 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

आज ४० औं बिपि स्मृति दिवस, पुनर्वासमा बृक्षाराेपण गरी मनाईयाे

मा प्रकाशित

जुद्ध चाैधरी ।

पुनर्वास, साउन ०६ । नेपाली कांग्रेसका संस्थापक बिपि कोइरालाको आज ४० औं स्मृति दिवस देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ ।
कञ्चनपुरकाे पुनर्वासमा बिपि स्मृति दिवसकाे अवसरमा पुनर्वासकाे आईबिआरडी स्थित पुनर्वास बाल उद्यानमा शुक्रवार बिहान बृज्ञाराेपण गरिएको छ । साथै आईबिआरडीकाे पुनर्वास पाेलिक्लिनिकमा रहेका बिरामीलाई फलफुल बितरण गरिएकाे छ । नगर प्रमुख ताेय प्रसाद शर्माले बिरामीलाई फलफुल बितरण गर्नु भएको थियो । 
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म विक्रम संबत १९७१ साल भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
दउहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिनुभएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ पनि प्रकाशित छन् ।

 

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु