किशाेर कुमार तामाङ्ग ।
कञ्चनपुर, साउन ११। कञ्चनपुरकाे पुनर्वासमा १३२ केभिए काे विद्युत प्राधिकरणकाे सबस्टेशन निर्माणका लागि पुनर्वास ग्रामिण आवास कम्पनिले पाँच बिघा जमिन उपलब्ध गराउने भएकाे छ ।
क्षेत्रीय बिद्युत प्राधिकरण अत्तरियका प्रमुख जग बहादुर चन्द र राष्ट्रिय आवास कम्पनीका म्यानेजर कर्म जित रायका बिच सहमती भएको हाे । सबस्टेसन स्थापना भएपछि पुनर्वासका स्थानियले बर्षाै देखि भाेग्दै आएकाे लाे भाेल्टेजकाे समस्या अन्त्य हुने छ ।
सबस्टेशन स्थापनाका लागी संविधान सभा सदस्य दिवान सिंह बिष्ट, क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याय, पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मा लगायतले विद्युत प्राधिकरण सँग छलफल गरेका छन ।
पुनर्वासमा बिद्युत सबस्टेशन स्थापनाका लागि आवास कम्पनिले जग्गा उपलब्ध गराउने
मा प्रकाशित