March 13, 25
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पश्चिम तराईका रानाथारु समुदायले आज तीज पर्व मनाउँदै

मा प्रकाशित

कञ्चनपुर  ।     पश्चिम तराईकाे कञ्चनपुर र कैलाली जिल्लामा मात्र बसाेबास रहेकाे अल्प सँख्यक मानिने रानाथारु समुदायले आज धुमधामका साथ तीज पर्व मनाउँदै छन ।

याे पर्व बिशेष गरी रानाथारु समुदायका महिलाहरु ब्रत बसी आफ्ना दाजुभाई तथा भतिजाहरुकाे सुस्वास्थ्य एवम दिर्घायुकाे कामना गर्दै मनाउने गर्दछन । रानाथारु समुदायमा श्रावन शुक्ल तृतीयामा तिजियागुडिया (तीज) मनाउने प्रचलन छ । याे पर्बमा साउनकाे डाेला अर्थात पिङ्ग खेल्दै आफ्ना सुखदुखका कुरा गीत मार्फत ब्यक्त गर्दछन ।

परापूर्वकालमा राना समुदायमा दुःखबिमार परेर पुरुष मानिसको मृत्यु र गरिबी बढेपछि महिलाहरूले भाइभतिजाहरूको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै तीजको ब्रत बस्न थालेको रानाथारु समुदायमा विश्वास रहि आएकाे छ । त्यति बेला रानाथारु समुदायको महिलाले ब्रत बसेर भगवान श्रीकृष्णको अर्चना गरेपछि समाजबाट दुःख हटेर समाजमा खुशी, सुख र शान्ति आएको राना थारु समुदायका अगुवाहरु बताउछन ।

आज दिनभरि ब्रत बसेर साँझ भएपछि एक साथ नदी तथा तलाउमा गएर दाभ (कुस) को बोटमा एकै हातले झुर्खी (चुल्ठी) बाँधेर त्यसमा विभिन्न खाने कुराका परिकारलाई प्रसादको रुपमा चढाईन्छ ।

पूजा गरिसकेपछि त्यसलाई उखेलेर वा चाँदीको सिक्काले काटेर नदीमा बिसर्जन गर्ने चलन रहेको छ । ‘जति ठूलो नदीको धार, त्यति लामो मेरो दाजुभाइ, भजिताको आयु’ भन्दै झुर्खी विसर्जन गर्ने गरिन्छ । नदीको लम्बाई जस्तै आफ्ना दाजुभाइ र भजिताको उमेर बढ्ने विश्वास रहेको जनाइन्छ । यसरी बनाएर बगाइने झुर्खीमा विवाहित महिलाले सात गाँठो र अविवाहित महिला पाँच गाँठो बाध्ने चलन छ ।

झुर्खी विसर्जनपछि आपसमा प्रसाद बाँडेर ब्रत तोड्ने चलन रहेको छ । त्यसपछि घर आएर बनाएका बिभिन्न परिकारहरू एक आपसमा बाँडेर खाने र खुशीयालीका साथ याे पर्व मनाईने गरिन्छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु