September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गठबन्धन गर्ने सत्तारुढ पाँच दलिय सहमतिको कंचनपुरमा बिरोध

मा प्रकाशित

 

दीपेन्द्र बस्नेत
कंचनपुर
मंसिर ४ मा हुने भनिएको संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ पाँच दलिय दलका शिर्ष नेताहरुले गरेको सहमति सार्वजनिक भए लगत्तै कञ्चनपुरमा बिरोध सुरु भएको छ ।

कञ्चनपुरमा गठबन्धन स्विकार्य नहुने भन्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत सत्तारुढ दलका शिर्ष नेताहरुले गरेको सहमतिको चर्को बिरोध गरेका छन् ।

नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य युवा नेता राम खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गठबन्धन दलका नेताहरुले गरेको सहमति नेपाली काँग्रेसका हीतमा नभए स्विकार्य नहुने बताएका छन ।

“संघिय र प्रदेश निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ गठबन्धन दलका शिर्ष नेताहरुको निर्णयले प्रश्न उब्जाएको छ । गठबन्धन के का आधारमा गर्ने ? कञ्चनपुर १ मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्दा नेपाली काँग्रेसको पहिलो नम्बरमा छ । माओवादी तेस्रो नम्बरमा छ । स्थानीय तहको मत परिणामका आधारमा संघिय साँसदको उम्मेदवार काँग्रेसले पाउनु पर्दछ । यो नै न्याय संगत हो । तेस्रो रहेको माओवादीलाई संघिय साँसद उम्मेद्वार दिन नेपाली काँग्रेसका कार्यकर्ता मान्न तयार छैनन । पार्टी अनुकुलको गठबन्धन स्विकार्य छैन ।” भन्दै युवा नेता खड्काले आफ्नो फेसबुक अकाउन्टमा लेखेका छन् ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामका आधारमा कञ्चनपुरको क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस पहिलो रहेकाले संघिय साँसद नेपाली काँग्रेसले पाउनु पर्ने बताएका छन् ।

त्यस्तै आज जारी सत्तारुढ दलका शिर्ष नेताहरुले गठबन्धन गर्ने सहमती गलत भएकाले गठबन्धन स्विकार्य नहुने नेपाल विद्यार्थी संघका नेता यज्ञ खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेर बिरोध जनाएका छन् ।
“बरु हार जित सहजै स्विकारिन्छ , गठबन्धन स्विकारिदैन” बिद्यार्थी नेता खड्काले लेखेका छन् ।
सत्तारुढ दलका शिर्ष नेताहरुले गठबन्धनको सहमती सार्वजनिक गरे लगत्तै कञ्चनपुरमा चर्को बिरोध सुरु भएको छ ।
यस अघि स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगर्ने उद्घोषका साथ कञ्चनपुरमा काँग्रेस कार्यकर्ता बिरोधमा उत्रिए पछि नेपाली काँग्रेस एक्लै निर्वाचनमा होमिएको थियो ।

त्यसैगरी नेपाली काँग्रेस बेलडाँडी गाउँ पालिका सचिव कुलैराज उपाध्यायले पनि आफ्नो फेसबुक एकाउन्टमा लेख्दै गठबन्धन स्विकार्न नसकिने बताएका छन् ।

नेपाली काँग्रेस बेलडाँडी गाउँ समितिका सचिव उपाध्यायले स्थानीय तहको निर्वाचनमा नगरिएको गठबन्धन संघ र प्रदेशमा पनि आबश्यक नरहेको बताएका छन् । चुनाव जित्न काँग्रेस एक्लै सक्षम रहेको क्षेत्रमा जबर्जस्ती गठबन्धन लादिए बिद्रोह हुने उनले फेसबुक मार्फत जनाएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु