September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडी मलखाद प्रकरण : देखिएको भ्रम एउटा , वास्तविकता अर्कै

मा प्रकाशित

                    स्थलगत रिपोर्ट

बेलडाँडी
गाउँपालिकामा सरकारी अनुदानको मल बितरणको जिम्मेवारी पाएको सहकारी संस्थाले अन्यत्रका किसानलाई बिक्री गरे पछि बिकसित पछिल्लो घटनाले बेलडाँडीमा चर्चा पाएको छ ।

वास्तविक घटना विवरण :

नेपाल सरकारको अनुदान प्राप्त रासायनिक मल किसानहरुलाई बिक्री बितरणको जिम्मा पाएको साना किसान सहकारी संस्था बेलडाँडीले साल्ट ट्रेडिङ कर्पोरेसनको गोदामबाट ४२० बोरा युरिया मल ल्याएर बितरण गर्दा आफ्नो कार्यक्षेत्र भन्दा बाहिरका ब्यक्तिहरुलाई मल बितरण गरे पछि घटना सार्वजनिक भएको हो ।

पालिका भित्रका कृषकहरुलाई नै रासायनिक मलको अभाव भइ रहेका बेला बाहिरका ब्यक्तिहरुलाई मल बितरण गरेको पाइए पछि उक्त सहकारी र पालिका बिचको दुरी बढेको देखिएको हो ।
सहकारीले गत साउन १२ गते बेतकोटका कृषकलाई बिक्री गरेको मल स्थानीय जनप्रतिनिधि र स्थानीय कृषकहरुले भेटे पछि उक्त मल र ब्यक्तिलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।
कार्यविधि बिपरित मल बिक्री बितरण गरेको पाइए पछि पालिकाले उक्त सहकारी संस्थालाई स्पष्टीकरण समेत सोधिएको थियो ।

के हो त वास्तविकता ?
विगतका वर्ष देखि गाउँपालिकाले किसानलाई सहजताका लागि पालिका भित्रका ५ वटा सहकारीलाई वडाको भागबण्डामा मलखाद बिक्रि वितरणको अनुमती दिईएको थियो । मलखाद वितरण नियम विपरीत र तोकिएका स्थानीय किसान बाहेक अन्यत्रकै ब्यक्तिलाई बिक्रि गरि बेतकोट तर्फ लैजाँदै गरेको भन्दै उक्त सरकारी अनुदानको मल वडा सदस्य र स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

प्रहरीलाई बुझाएपछि उक्त मल प्रकरण बारे आवश्यक छानबिन र कार्वाहीका लागि साउन १२ गते नै पालिकामा संयुक्त उजुरी पर्‍यो ।
गाउँपालिकामा उजुरी परेपछि उपाध्यक्षले व्यवस्थापकलाई ३ दिने लिखित स्पष्टीकरण मागेको बुझिएको छ ।

व्यवस्थापकले स्पष्टीकरण दिएपछि स्पष्टीकरण सुहाउँदो नभएपछि सहकारीलाई खारेज गर्ने निर्णय गर्न आफु बाध्य भएको गाउँपालिकाकी उपाध्यक्ष नाथले बताईन ।

आफुले संस्था प्रति कुनै पुर्वाग्रही ढंगले निर्णय नगरेको र अनुदानको मल बिक्रि वितरण व्यवस्थापन निर्देशिका २०७७ को परिच्छेद ३ को अनुसूची २० मा मलखाद तोकिएको कार्य क्षेत्र बाहेक बिक्री वितरण गरिएको पाईएमा कार्वाही गर्न सकिने कुरा उल्लेख गरिए बमोजिम समितिले उक्त सहकारीको डिपो खारेज गर्ने निर्णय गरेको हो । उनले भनिन् ,

के भन्छन सहकारीकी अध्यक्ष ?

जनप्रतिनिधिले बाहिरका ब्यक्तिले लिएको मल समाते पछि आफुले थाहा पाएको बेलडाँडी साना किसान सहकारीकी अध्यक्ष कमला रेग्मी जैसी बताइन् । मल झुक्किएर बेतकोटका केही किसानले लिएको अध्यक्ष कमलाले बताइन् ।

सहकारीकि व्यवस्थापक बिमला कुमारी बडुवालका अनुसार सहकारीमा साउन १२ गते भैरहवाबाट युरिया मल ४ सय २० बोरा ल्याएका थियौ । ल्याउने बित्तिकै मलका लागि किसानहरुको भिड लाग्यो । मल लिने किसानको नागरिकता भए नागरिकता नभए नागरिकता नम्बर, फोन नम्बर, नाम र ठेगानाका आधारमा मल बिक्रि गर्‍यौ । बिक्रि गरिरहदा केहिले हामीलाई बेलडाँडी-५ ठेगाना टिपाएका थिए । तर प्रहरी कार्यालयमा नियन्त्रण गरी ल्याएपछि मात्रै आफुलाई अन्य पालिकाका किसान भएको थाहा पाएको बताइन् । धेरैले मल भारतबाट ल्याएर हाली सकेका थिए । झुक्किएर बेतकोटका किसानलाई परेको हो जानेर दिएका हैनौ ।

मल नियन्त्रण बारे के भन्छन् प्रहरी ?

बेलडाँडीकै एक वडा सदस्य सहित कृषकले रोकेर पाँच कट्टा युरिया मल नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयमा ल्याए । किसानलाई सहकारीले रकम बुझायो तर युरिया मल भने प्रहरी कार्यालयबाट कसैले नलगेको प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिए ।

के छ निर्देशिकामा बयबस्था ?
अनुदानको मल बितरण ब्यबस्थापन निर्देशिका २०७८को परिच्छेद ३ को २० (ख) अनुसार कार्यक्षेत्र बाहिर गइ बिक्री गर्न नपाइने र परिच्छेद २३ ले कारवाहीको स्पष्ट ब्यबस्था गरेको छ । डिपो खारेजी सम्मको अधिकार उक्त निर्देशिकाले दिएको छ ।

कार्यविधि बिपरित मल बिक्री बितरण गरेको पाइए पछि कारवाहीको प्रक्रिया अघि बढाए पछि राजनीतिक प्रतिसोधको भावनाले बदनाम गर्न खोजिएको उप प्रमुख शान्ति नाथले बताइन् ।

युरिया मल प्रकरण विषयलाई लिएर केही सञ्चार माध्यमहरुमा देखिएको चर्चाले आफ्नो ध्यानाकर्षण भएको पालिका उप प्रमुख शन्ती नाथले बताइन् ।
वास्तविक कुरो नलेखी बिभिन्न सञ्चार माध्यममा एक वर्ष पहिलेको घटनामा आफुलाई जोडी बदनाम गर्न खोजिएको भन्दै समाचार प्रति आपत्ति जनाएकी छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु