- विज्ञापन -
December 5, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीका विभिन्न समस्या समाधानका माग राख्न अध्यक्ष उपाध्यक्षको

मा प्रकाशित

कञ्चनपुर
गाउँ पालिकाका जनसरोकारका विभिन्न समस्याहरुको समाधान र सम्बन्धित मंत्रालयमा विकासका कार्यक्रमहरु संचालनको माग राख्न बेलडाँडी गाउँ पालिकाका प्रमुख उप प्रमुखको टोलि काठमाडौं पुगेको छ ।

पर्टीका तर्फबाट स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई नेपाली काँग्रेस केन्द्रिय नीति , अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बधाई , शुभकामना तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बेलडाँडी गाउँपालिकाका अध्यक्ष , उपाध्यक्षको टोली काठमाडौं पुगेको हो ।

- विज्ञापन -

सो अबसरमा बेलडाँडीको बिकास निर्माणका लागि योजनाहरुको माग राख्दै ज्ञापन बुझाउने कार्यक्रम रहेको अध्यक्ष हरिश्चन्द्र रानाले बताए ।

बिकासका दृष्टिकोणले पछाडि परेको बेलडाँडीको समुचित बिकासका लागि विभिन्न मन्त्रालयहरुको ध्यानाकर्षण गराउन यो अबसर महत्वपूर्ण हुने अध्यक्ष रानाले बताए ।

नेपाली काँग्रेसले देश भर पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख उप प्रमुख , नगर प्रमुख उप प्रमुख एवं गाउँ पालिकाका अध्यक्ष उपाध्यक्ष हरुलाई साउन ३० र ३१ गते दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने छ ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु