January 16, 25
8.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास नगरपालिकामा नागरिक वडापत्र नहुँदा सेवाग्राही अलमलमा , जनप्रतिनिधिको कहिले जाला ध्यान ?

मा प्रकाशित

 

कञ्चनपुर
सेवाग्राहीहरुको सुविधा र कार्यालयबाट प्रदान गरिने सेवाहरुको सुचना सहज पार्न सबैले देख्ने ठाउँमा अनिवार्य नागरिक वडापत्र राख्नु पर्ने भए पनि कञ्चनपुरको पुनर्वासमा भने अहिलेसम्म राखिएको छैन ।

सेवा लिन कार्यालयमा आउने नागरिकहरुले आफुले सेवा लिने फाँट र सो सम्बन्धि सुचना सहज रुपमा पाउन भन्ने उद्देश्यले सबैले देख्ने ठाउमा कार्यालयको बाहिरपट्टि स्पष्ट रुपमा नागरिक वडापत्र राख्नुपर्ने नियम भए पनि पुनर्वास नगरपालिकामा भने न हिजो थियो न आज नै छ ।

नगर भित्रका बेथिति हटाएर पारदर्शी , सुचनामा सहज पहुँच भएको नगर पालिका बनाउने अभिभारा निर्वाचित जनप्रतिनिधिको भए पनि पुनर्वासमा भने सुधारको कुनै संकेत देखिएको छैन ।

सुशासनयुक्त नगर र सुचनाको हक सुनिश्चित गर्न समेत नागरिक वडापत्रको महत्व रहे पनि पुनर्वास नगरपालिकाले सामान्य काम नागरिक वडापत्र राख्न कञ्जुस्याँइ गरे पछि सेवाग्राहीहरु अलमलमा पर्दै आएका छन् ।

नागरिक वडापत्रमा सेवाका प्रकार, आवश्यक कागजात, लाग्ने समय, सेवा प्रदायक शाखा, दस्तुुर आदि विषय उल्लेख हुन्छ । जस्ले सेवाग्राहीहरुमा सुविधा हुने गर्छ ।
तर कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयले भने भवन बनेको करिब पाँच वर्ष पुग्दा समेत नागरिक वडापत्रको विषयमा कुनै चासो देखाएको छैन् ।

नगरपालिकाले नागरिक वडापत्र राख्ने ठाउँमा विभिन्न गैरसरकारी संस्थाको आफ्नै जानकारीमुलक फल्याक्स बोर्ड राखिएको छ । तर नगरपालिका जस्तो सरकारी सेवा प्रदायक निकायमा सामान्य नागरिक वडापत्र राख्न नसक्नु निकै लज्जास्पद भएको युवा नेता मानबहादुर रोकायाले बताए ।

चार गाविस मिलेर २०७१ सालमा पुनर्वास नगरपालिका बन्यो , नगरपालिका बनेको केहि वर्षमा नगरपालिकाले राष्ट्रिय आवास कम्पनीसँग जमिन खरिद गरी त्यसैमा भवन निर्माण बनाएको करिब पाँच वर्ष पुग्दा सम्म नगरपालिकाले नागरिक वडापत्र नलेखिनुले यसको महत्व समेत नबुझेको प्रष्ट हुन्छ ।

यसै विषयमा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऎरीसंग बुझ्दा वालमै लेख्ने भनेर तयारी पुरा भईसकेको र भवनकै वालमा प्रीन्ट गर्ने, नभए फ्ल्याक्स प्रीन्ट भए नि केहि दिनमै टास्छौ ।उनले भने,

जनताकै असिना पसिनाबाट आएको राजश्वमै कर्मचारी र जनप्रतिनिधिको मस्ती देखिन्छ । तर जनताका पिडामा मलमपट्टि लगाउनु त परै जाओस् पाउने सेवामा समेत चरम लापर्वाही देखिन्छ ।

पुनर्वास नगरपालिका जनतालाई नियमन गर्ने कार्यालय हो । उक्त कार्यालयमै नागरिक वडापत्र नहुनुमा कस्लाई दोषी मान्ने कर्मचारी या जनप्रतिनिधि ? जनप्रतिनिधि आएको पनि दुई महिना बढि भयो तर नागरिक वडापत्रको विषयमा कसैलाई मतलब देखिएन । यसको तत्काल समाधान गरियोस् सबैको चाहना यहि छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु