March 29, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

शिक्षण सिकाइ अनुदान संघर्ष समितिको भेला सम्पन्न

मा प्रकाशित

कञ्चनपुर
जिल्लामा अनुदान सेवामा कार्यरत शिक्षकहरूकाे पेशागत हकहितमा लागि लडने शिक्षण सिकाइ अनुदान संघर्ष समितीको तेस्रो जिल्ला भेलाबाट संयाेजकमा ललित माेहन भट्टलाई चयन गरेकाे छ।

शनिबार कलुवापुरमा सम्पन्न भएकाे संघर्ष समितिकाे तेस्रो जिल्ला भेलाले भट्टकाे संयाेजकत्वमा १३ सदस्यीय संघर्ष समिति सर्व सम्मत चयन गरिएकाे सिद्वनाथ निमावि बेलडाँडीका शिक्षक सचिन कठायतले बताए ।

उहाँका अनुसार संघर्ष समितिकाे सह-संयाेजकमा छविलाल,सुवेदी नवराज भट्ट सचिवमा केशव महरा सह-सचिवमा प्रकाश सिह साउँद, काेषाध्यक्षमा दिपक नेपाली र अन्य ७ जना सदस्य रहने गरी संघर्ष समिति चयन गरीएकाे बताए ।

संघर्ष समितिका संयाेजक भट्ट शंकर पार्वति मावि दाेधारा चाँदनीका अनुदान सेवामा कार्यरत शिक्षक हुन ।

संयाेजक भट्टले अनुदान सेवामा कार्यरत शिक्षकहरूकाे पेशागत हकिहतका लागि लाग्ने प्रतिबद्वता जाहेर गरेका छन् ।

उनले शिक्षकहरुमा राज्यले गरेको असमान तथा विभेदकारी नितिको अन्त्यका निम्ति संघर्स गर्ने समेत बताए ।

अहिले कञ्चनपुर जिल्ला भरी मात्र मावि र निमावि तहमा कार्यरत शिक्षकाे संख्या ९० जना जति रहेकाे शिक्षक कठायतले बताए । यस्तै देशभर करिब ७ हजार बढि अनुदानमा कार्यरत शिक्षककाे संख्या रहेकाे छ ।

पुर्ब जिल्ला संयोजक कृश्न कुवरकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रमका
प्रमुख अथिती केन्द्रिय अध्यक्ष बलबिर भन्डारी रहनु भएकाे थियाे ।

प्रमुख अतिथि भण्डारीले देशभर अनुदानमा कार्यरत शिक्षकहरूकाे अधिकारमा राज्यले साैतेनि व्यवहार गरेकाे भन्दै सबै शिक्षक सामान सेवा सुविधाकाे माग समेत गरेका छन् ।

सरकारले अनुदान सेवा कार्यरत शिक्षका समस्याहरू चाडै सामाधान गराेस भन्ने अपेक्षा समेत कार्यक्रममा व्यक्त गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु