April 24, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भकुण्डामा रहेकाे रानाथारु सङ्ग्रहलय पर्यटन बिभाग द्वारा पुनर्वासलाई हस्तान्तरण

मा प्रकाशित

किशोर तामाङ ।
पुनर्वास  ।   कञ्चनपुरकाे पुनर्वास नगरपालिका १, भकुण्डमा रहेको राना थारू संग्रहालय पुनर्वास नगरपालिकाको मतहतमा रहने गरी हस्तान्तरण गरिएको छ ।

सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन बिभागकाे आर्थिक सहयोगमा निर्माण भएको रानाथारु समुदायको धरोहरको रूपमा रहेको सङ्ग्रहलय बिहिवार एक अनौपचारिक कार्यक्रमका बिच पुनर्वास नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा कुल ६ करोड ३१ लाख ७२ हजार २ सय ३५ रूपैयाँ मु. अ. कर समेतको लागतमा निर्माण सम्पन्न भएको रानाथारु सङ्ग्रहलयलाई पर्यटन बिभागका महानिर्देशक होमप्रसाद लुइँटेलले पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मालाई नगरपालिकाले संरक्षण र उपयोग गर्ने गरी हस्तान्तरण गरिएको छ ।   

आन्तरिक तथा बाह्य पर्यटकका लागि राना थारू समुदायको आस्थाको धरोहरका रूपमा रहेको पुनर्वास नगरपालिका वडानम्बर १ भकुण्डमा रहेको सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन बिभागकाे सहयोगमा एक तले ६ ओटा भवन साखया कम्पाउन्ड सहित आर सि सि स्ट्रक्चर सहितको संग्रहालय भवन अत्याधुनिक सुविधा सम्पन्न परम्परागत शैलीमा निर्माण गरिएका छन्।

सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिडिई सचेन्दद्र कुमार यादव र नेपाल राना थारु सस्कृती संरक्षण समितिका अध्यक्ष बिश्रम राना को रहोवरमा पर्यटक बिभागले पुनर्वास नगरपालिकालाई उक्त संग्रहालय भवन जिम्मा लगाएको थियो। 

उक्त रानाथारु संग्रहालय हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य पुर्व मनानिय दिवान सिंह बिष्ट, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपी प्रसाद उपाध्याय, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, समाजसेवि हरि अधिकारी लगायतको टोली उपस्थित भएका थिए।

नेपाल राना थारु सस्कृती संरक्षण समितिका अध्यक्ष बिश्रम रानाका अनुसार संग्रहालयमा राना थारू समुदायले प्रयोग गर्ने पुराना पुस्ताले प्रयोग गरी लोपनुमुक सामान देखि बर्तमान पिढि सम्मकाले प्रयोग गर्ने सामानहरू राखिने बताउनुभयो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु