अछाम,९भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलको स्वागत गरिएको छ ।
नेपाली काँग्रेसले देश व्यापी सञ्चालन गरेको ‘जनता साथमा कांग्रेस ‘अभियानको केन्द्रीय प्रतिनिधिको रुपमा अछाम जिल्लाको जिम्मेवारी समेत पाएका डा। रावललाई अछामको चौरपाटीमा स्वागत गरिएको हो । अछामको प्रवेशद्वार रहेको चौरपाटी गाउँपालिका-६ स्थित नेपाली कांग्रेस वडा कार्यसमितिले डा . रावलको स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै डा।रावलले नेपाली काङ्ग्रेससँग जनताको भरौसा बढेको बताएका छन् । पछिल्लो समयमा ओली सरकारले जनतालाई धोका दिएका कारण पनि कांग्रेसप्रतिको भरौसा बढेको डा. रावलको भनाई छ । स्वागत कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउद , नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १को (क) का सभापति महेश खड्का ,चोरपाटी गाउँपालिका सभापति धर्म साउद लगायत स्थानीय नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । यसअघि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका डा। राउलले डोटी स्थित रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रको अनुगमन तथा निरीक्षण समेत गरेका थिए ।
