बेलाैरी, ११ भदौ । कञ्चनपुरको बेलौरी नगरपालिकाले थारु समुदायले मनाउने महत्त्वपूर्ण पर्व अट्वारीकाे अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।
शुक्रबार एक शुभकामना सन्देश र स्थानीय बिदा सम्बन्धमा सूचना जारी गर्दै बेलौरी नगरपालिकाकाले भदाै १२ र १३ गते स्थानिय बिदा दिने निर्णय गरेकाे हाे । सम्पूर्ण थारु समुदायको महान् चाड अट्वारी पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने बेलौरी नगरवासी तथा सम्पुर्ण नेपालीमा हर्ष उल्लासका साथ आपसी सद्भाव र भाइचारा कायम गरी पर्व मनाउनु नगर प्रमुख पाेतिलाल चाैधरीले अनुराेध गरेका छन । अट्वारी पर्व थारु समुदायले बिशेष महत्वका साथ मनाउने गर्छन । याे पर्वमा पाँचपाण्डव मध्येका भीमकाे पुजा आराधना गरी मनाईन्छ ।
मा प्रकाशित