April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लालझाडीकाे सामुदायिक वनबाट चार डलब गाेलिया सहित एकजना पक्राउ

मा प्रकाशित

कञ्चनपुर, भदाै १२ । कञ्चनपुर जिल्लाकाे लालझाडीबाट चार डलब(बैलगाडा) सालकाे गाेलिया सहित एकजना पक्राउ परेका छन । लालझाडी गाउँपालिका ४ स्थित स्वतन्त्र सामुदायिक वनबाट शनिवार राति १० बजे डलबमा लाेड गरी ल्याउँदै गरेकाे अवस्थामा काठ सहित ३९ बर्षिय शारदा कुमार राना पक्राउ परेका हुन ।
एक सय भन्दा बढी क्युफिट काठ नियन्त्रणमा लिएकाे जिल्ला वन कार्यालयले जनाएकाे छ । स्थानियले वन उपभोक्ता समितिकाे सँलग्नतामा काठ तस्करी हुन लागेकाे आराेप लगाएका छन । वन उपभोक्ता समितिका सचिव रमेश रानाले भने आफूहरुकाे कुनै सँलग्नता नरहेकाे बताएका छन । नियन्त्रणमा लिईएकाे काठ सहित पक्राउ परेका अभियुक्त जिल्ला वन कार्यालयकाे नियन्त्रणमा रहेकाे जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत सुरेश डिसीले जानकारी गराउनु भयाे । थप अनुसन्धान गरी कार्बाही प्रकृया अगाडी बढाईने जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु