April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मिलनपुरमा कुखुराका चल्ला सहित आर्थिक सहयाेग  हस्तान्तरण 

मा प्रकाशित

जमुना न्युरे
धनगढी, भदाै १४ ।   माइती नेपाल द्घारा धनगढी उपमहानगर पालिका वार्ड नं. १७ मिलनपुरमा कुखुराका चल्ला सहित आर्थिक सहयोग हस्तान्तरण गरेकाे छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगर मा यु .एन .ओमन को आर्थिक सहयोगमा महिलाका लागि महिला द्घारा सामुदायिक भान्सा घर कार्यक्रम अन्तर्गत माइती नेपाल धनगढी ले वार्ड नं. १७ को मिलनपुर मा कुखुराको खोर बनाउनका लागि आर्थिक सहयोग गरिएकाे हाे ।

आर्य आर्जन तथा जिबिको पार्जन का लागि महिला हरुलाइ सशक्त बनाउन अति बिपन्न , पुर्ब कमैया तथा हिंसा पिडित १५ जना महिलालाई प्रत्येक लाइ एक एक कुखुराको खोर गरि १५ वटा खोर , प्रत्यक लाई ४० वटा चल्लाको दरले जम्मा ६०० चल्ला र दाना एक ओपचारिक कार्यक्रम गरि बितरण गरिएकाे छ ।
कोरोना महामारीको बेला रोजगार गुमाइ खान लाउन समेत समस्या भएको अवस्थामा महिलाहरु ब्यबाहिक रुपमा कुखुरा पालन गरि आयआर्जन गरि आर्थिक अवस्थामा सुधार गर्ने र आत्मनिर्भर बनाउने अभिप्रायले उक्त बिउपुजी बितरण गरिएको थियो । कार्यक्रममा माइती नेपालका केन्द्रिय कार्यलय का निर्देशक बिश्व राम खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो र धनगढी उपमहानगरपालिका वार्ड नं. १७ का वडा अध्यक्ष माधव राना प्रमुख अथिती रहनु भएको थियो र पशु सेवा बिज्ञ केन्द्रका प्रा.स. शारदा भट्ट को समेत अथितीको रुपमा उपस्थिती रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु