September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीका जनप्रतिनिधिका सय दिन : गरिव संग विशेश्वर देखि महत्वपूर्ण निर्णय सम्म ! सय दिनको हनिमुन सार्वजनिक गर्ने कञ्चनपुरको पहिलाे पालिका बन्याे बेलडाँडी

मा प्रकाशित

बेलडाँडी, भदाै १६ ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधि हरुले   सय दिनको हनिमुन समयमा  गरेका कामकाे प्रगति पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । औपचारिक रुपमा पत्रकार सम्मेलन  गरी  सय दिनकाे प्रगति बिवरण सार्बजनिक गर्ने याे अञ्चनपुरको पहिलाे पालिका हाे ।

बेलडाँडी गाँउपालिकाका जनप्रतिनिधीले आफु निर्वाचित भएपछि सय दिनको अवधिमा गरेका काम विवरण सार्वजनिक गरेका हुन । पत्रकार सम्मेलन मार्फत प्रवक्ता गजबहादुर बिष्टले सय दिनका प्रगति सार्वजनिक गरेका थिए । अति विपन्न गरिव , मुक्त कमलरी लगायत लाई ३० युनिट सम्म विद्युत शुल्क नि:शुल्क गर्ने , विपन्न महिलाहरुका लागि सीपमुलक कार्यक्रम , प्राविधिक शिक्षा , ईसिजी अल्ट्रासाउन्ड सेवा सञ्चालन , पालिका भित्र जेष्ठ नागरिक , गर्भवती सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स बाहिर लैजादा ५०% छुट लगायतका जनमुखी निर्णय संगै बिकास निर्माणका भौतिक संरचना निर्माण सम्बन्धी काम गर्ने निर्णय भएको जनाइएको छ । गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले क्रमिक रुपमा गाँउको बृद्धि विकासका लागि पहल भईरहेको बताए । गाँउपालिका अध्यक्ष रानाले समग्र गाँउको विकासका लागि स्थानीय एव अन्य स्रोत परिचालन गरेरै भएपनि गरिने बताए । बिगतका जनप्रतिनिधिले भन्दा दाेब्बर राम्राे काम गरेकाे गाउँपालिका उपप्रमुख शान्ति नाथले बताउनु भयाे । बेलडाँडी गाँउपालिकाका प्रवक्ता गज बहादुर विष्टले सय दिनको अवधिमा गाँउपालिका कार्यपालिकाले गरेका कामकाजको प्रगति बिवरण सार्वजनिक गर्दै केही उपलब्धी मुलक काम गरिसकेकाे र केही पहल भईरहेको बताए । 
प्रवक्ता विष्टले सय दिनको अवधिमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारदेखि विवित विषयमा कामकाज सम्पादन गरिएको बताए । अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणदेखि पोष्टमास्टमका कामकाज अघि बढाईएका छन । आँखा अस्पतालको शाखा विस्तार, रेडक्रसको शाखा विस्तारको योजना अघि सारेको छ । बेलडाँडीमा प्राविधिक शिक्षा संचालनदेखि विवित स्थानीय समस्या समाधानका लागि सम्बन्धीत मन्त्रालयमा ज्ञापन पत्र बुझाईएको छ । गाँउको समग्र शिक्षा, स्वाथ्य खानेपानी, पूर्वाधारदेखि संरक्षणका कामकाज शुरुगरिएका छन ।
बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले बेलडाँडीको स्वाथ्य, महिलाको बृद्धि विकासका लागि थुप्रै योजना अघि बढाएको बताउँदै, उनले स्वास्थ्य क्षेत्रमा थुप्रै सुधार भएको बताए ।  दिन पुगेपछि उक्त अवधिमा गरेका कामकाज बारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका बेलडाँडी भएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु