March 28, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ मा नेपाली काँग्रेसबाट संघिय साँसदमा नेता बिष्ट सर्व सम्मत

मा प्रकाशित

कञ्चनपुर
आसन्न संघिय साँसद पदका लागि कञ्चनपुर १ बाट संघिय साँसदका लागि नेपाली काँग्रेसले संविधानसभा सदस्य नेता दिवानसिह बिष्ट सर्व सम्मत भएका छन् ।
मंसिर ४ मा हुने निर्वाचनमा संघिय साँसद पदका लागि संविधानसभा सदस्य दिवान बिष्टलाई सर्व सम्मत सिफारिस गरिए नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश ख का सभापति चेतन राइले बताए ।

त्यसै गरि प्रदेश ख समितिले प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय , प्रदेश ख का सभापती चेतन कुमार राई , महाधिवेशन प्रतिनिधि जनक सिंह धामी , क्षेत्रीय सचिव विश्राम राना र रामकृष्ण रानाको नाम सिफारिश गरिएको प्रदेश ख का सचिव दिनेश कुँवरले बताए ।

समानुपातिक सुचीमा कृष्ण बहादुर दमाई , चन्द्रबहादुर सिंह , दानबहादुर पाण्डे , प्रकाशराज पन्त , राधिका देवि जोशी , लालबहादुर रावत , शेरसिंह टेर र सगुना रानालाई सिफारिश गरिएको छ ।

कञ्चनपुर १ को क बाट संविधान सभा सदस्य बिष्टलाई संघिय साँसदमा सर्व सम्मत सिफारिस गरिएको प्रदेश क का सभापति मानबहादुर रोकायाले बताए । प्रदेश तर्फका उम्मेदवारहरुको नाम अन्तिम नभई सकेको उनले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु