कञ्चनपुर
माओवादी अध्यक्ष प्रचण्डकि बुहारी बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुर १ मा प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली काँग्रेसले संविधानसभा सदस्य दिवानसिह बिष्टलाई सर्व सम्मत उम्मेदवार बनाएको छ ।
मंसिर ४ मा हुने निर्वाचनमा संघिय र प्रदेश निर्वाचनमा सत्तारुढ दलहरु बिच गठबन्धन गरिने केन्द्रले सहमति गरे पनि सुदूर पश्चिमको कञ्चनपुर १ मा भने नेपाली काँग्रेसले एकल उम्मेदवारका रुपमा प्रदेश समितिहरुले संविधानसभा सदस्य बिष्टलाई सर्व सम्मत सिफारिस गरि पठाएको छ ।
मातहतका समितिहरुले संविधानसभा सदस्य बिष्टको नाम सर्व सम्मत पठाए पछि क्षेत्रीय कार्य समितिले वहाँलाई पार्टीका तर्फबाट सर्वसम्मत उम्मेदवार निर्णय गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायले बताए । त्यसै गरि कञ्चनपुर १ बाट समानुपातिक तर्फ किस्ना देवि गिरीलाई निर्णय गरिएको क्षेत्रीय सभापति उपाध्यायले बताए ।
नेपाली काँग्रेस कञ्चनपुर १ ले पार्टीका तर्फबाट एकल नाम सिफारिस गरे पछि गठबन्धनबाट उम्मेदवार बन्ने तयारी गरि रहेकी पुर्व मन्त्री बिनालाई असहज हुने देखिएको छ ।
आफू पद र सत्तामा रहेका बेला निर्वाचन क्षेत्रको बिकासमा ध्यान नदिएकी माओवादी नेतृ मगर प्रति मतदाता सन्तुष्ट देखिएका छैनन । कहिलेकाही निर्वाचन क्षेत्रमा देखिने नेतृ मगरको कार्यशैली बाट असन्तुष्ट भएर उनको निर्वाचन क्षेत्र बाटै प्रभावशाली माओवादी नेता कार्यकर्ताले पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् ।
माओवादी नेतृ मगरको क्षेत्रमा घट्दो लोकप्रियताका कारण नेपाली काँग्रेस प्रतिनिधि सभा सदस्यको पद आफू नछोड्ने अडानमा पुगेको छ । काँग्रेसले क्षेत्रमा आफ्नो दावी नछोड्ने अडान लिए पछि गठबन्धनको साहराले चुनाव जित्ने माओवादी नेतृ मगरको रणनीति असफल बन्ने देखिएको छ ।
त्यसै गरि नेपाली काँग्रेस कञ्चनपुर १ ले प्रदेश सभा सदस्य तर्फ पनि आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रदेश क मा प्रत्यक्ष तर्फ अमरजन साउद , कृष्णबहादुर तामाङ , जगदिश राना , तुलाराम राना , दाउत तामाङ , बन्धु राना , भरतबहादुर बिष्ट , शुकबहादुर तामाङ र हरिप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । प्रदेश समानुपातिक तर्फ अजव सिंह राना , चमेली तामाङ ,ठगी राना , तनुराज पन्त , दिर्घ सिंह ठकुरी , प्रेमबहादुर थापा , बिन्दु श्रेष्ठ , र मिरा चन्दको नाम सिफारिस गरेको छ ।
त्यसै गरि प्रदेश ख समितिले प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय , प्रदेश ख का सभापती चेतन कुमार राई , महाधिवेशन प्रतिनिधि जनक सिंह धामी , क्षेत्रीय सचिव विश्राम राना र रामकृष्ण रानाको नाम सिफारिश गरिएको छ ।
प्रदेश तर्फ समानुपातिक सुचीमा कृष्ण बहादुर दमाई , चन्द्रबहादुर सिंह , दानबहादुर पाण्डे , प्रकाशराज पन्त , राधिका देवि जोशी , लालबहादुर रावत , शेरसिंह टेर र सगुना रानालाई सिफारिश गरिएको छ ।