April 26, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भिमदत्तका नवनिर्वाचित जनप्रतिनिधिका सय दिन : चुनावी वाचा पूरा गर्दै मेयर बोगटी

मा प्रकाशित

 

दीपेन्द्र बस्नेत
कञ्चनपुर
काञ्चनपुरको जेठो नगरपालिका भिमदत्तमा नव निर्वाचित मेयर पदम बोगटी नेतृत्वको स्थानिय सरकारले आफ्ना चुनावी वाचा कार्यान्वयनमा अग्रसरता देखाएको छ ।

चुनावका बेला घरदैलोमा जाँदा जनतासंग गरेका वाचाहरु पूरा गर्न मेयर बोगटीले जनकल्याणकारी कार्यक्रमहरुलाई अघि सारेका छन । जस अन्तर्गत मेयर बोगटी र उपमेयर निलम जोशी नेतृत्वले ७५ वर्ष उमेर माथीका जेष्ठ नागरिकहरुको घरमै निशुल्क स्वास्थ्य परिक्षणको ब्यबस्था नगरपालिकाद्वारा गर्ने कार्यक्रम ल्याएका छन् । यसै गरि गर्भवती र सुत्केरी महिलाका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् ।

भिमदत्त नगरपालिकाका मेयर पदम बोगटीले भने जनताका आधारभुत आबश्यकता हरुलाई नगरका तर्फबाट सम्बोधन गरि नगरवासीहरुलाई सुविधा दिन हामी लागेका छौ । हामीले चुनावका बेला घरदैलो गर्दै गर्दा जनता संग गरेका वाचाहरु निर्वाचित भए संगै पूरा गर्न बिपन्न तथा ७५ वर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिकहरुको घरदैलोमै नि:शुल्क स्वास्थ्य परिक्षण र गर्भवती तथा सुत्केरी महिलाहरुका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको मेयर बोगटीले बताए ।

जनताको स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउदै स्थानिय सरकार जनताको अभिन्न अंग हो भन्ने ब्यबहारमै देखाउन भिमदत्त नगरपालिकाका तर्फबाट जनताका आधारभुत कुराहरु पूरा गर्न हामी सजग र क्रियाशिल बनेका छौ उपमेयर निलम जोशीले बताइन् ।

कञ्चनपुरको जेठो नगरपालिका भिमदत्तका नवनिर्वाचित जनप्रतिनिधिहरुको सय दिन पूरा भएको अबसरमा जनताका आधारभुत सेवाहरु प्रभावकारी बनाउन आफुहरु सक्रियताका साथ लागि रहेको मेयर बोगटी बताउछन् ।

एम्बुलेन्सको भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु भएको खबर पनि सुनिन्छन ।’ ‘तर, अबको दिनमा भाडा तिर्ने पैसा नभएकै कारण कुनैपनि गर्भवती–सुत्केरी, महिला स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरिदिएको नगर उपप्रमुख नीलम लेखक जोशीले बताइन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु