- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर क्षेत्र नं. १ मा एमालेबाट वीर बहादुर थापा सर्वसम्मत सिफारिस

मा प्रकाशित

 

कञ्चनपुर, भदाै १९ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि वीर बहादुर थापालाई सर्बसम्मत सिफारिस गरिएको छ ।

आईतबार बसेकाे पार्टीकाे बैठकले अागामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि वीर बहादुर थापालाई सर्बसम्मत सिफारिस गरेकाे हाे । वीर बहादुर थापा बिगत लामाे समय देखि राजनितिमा सक्रिय भई पार्टीकाे नेतृत्व गर्दै आईरहेका छन । एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले वीर बहादुर थापा लगायत खेम सुवेदी र तारा लामा तामाङको नाम पनि सिफारिश गरेको छ ।

- विज्ञापन -

नेकपा पछि पार्टी विभाजन हुँदै गर्दा नेकपा एमाले पार्टी रोजेर सक्रिय रुपमा कञ्चनपुर जिल्लाको नेतृत्व गर्दै आईरहेका छन । अाफ्नाे ब्यक्तिगत स्वार्थ नहेरी सदैब जनताकाे हितमा काम गर्दै आईरहेकाले आफु चुनाव जित्नेमा ढुक्क भएकाे उनी बताउँछन् । सर्वहारा वर्ग, थारु, दलित तथा महिलाहरूकाे उत्थानका लागि पार्टीमा ठुलाे याेगदान पुर्याएकाे उनी बताउछन । थापा पछिल्लो समयमा कार्यकर्ता माझ लोकप्रिय बन्दै आएका छन । युवा नेता थापा अहिले यतिखेर एमाले पार्टी निर्वाचन क्षेत्र १ मा कार्यकर्ता भेटभाट लाई तिब्रता दिएका छन ।
प्रतिनिध सभा सदस्यका लागि सिफारिश गरिएका ताराला तामाङ्ग सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन । एमाले विभाजनपछि एकीकृत समाजवादी पार्टीमा गएका तामाङ्ग केही दिन अघि मात्रै एमाले फर्किएका हुन । तामाङ्ग २०७० को संविधान सभा सदस्य निर्वाचनमा पराजित भएका थिए  । प्रतिनिधि सभा सदस्यका प्रत्यासी अर्का उम्मेदवार सुवेदी प्रदेश कमिटी सदस्य हुन । सुवेदी एमाले निकट अखिल नेपाल किसान संघमा सक्रिय छन् ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु