December 4, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरमा गठबन्धन नगर्ने नेपाली काँग्रेसको निर्णय

मा प्रकाशित

कञ्चनपुर ,
सुदूरपश्चिमको कञ्चनपुरमा गठबन्धन स्विकार नगर्ने सत्तारुढ दल नेपाली काँग्रेसले निर्णय गरेको छ ।

केन्द्रमा सत्तारुढ ५ दलिय गठबन्धन गरि निर्वाचनमा होमिने सहमति गरे पनि कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भने गठबन्धन स्विकार नगर्ने निर्णय गरिएको हो ।

संगठनात्मक हिसाबले बलियो रहेको निर्वाचन क्षेत्र १ मा नेपाली काँग्रेस एक्लै निर्वाचन जित्न सक्षम रहेकाले गठबन्धन अस्विकार गर्ने निर्णय गरिएको नेपाली काँग्रेस कञ्चनपुर १ का क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए ।

गत बैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा क्षेत्रका ४ मध्य २ पालिका नेपाली काँग्रेसले जितेको थियो । काँग्रेसको एक्लै निर्वाचन जित्ने हैसियत रहेकाले गठबन्धन नगर्ने निर्णयमा पुगेको क्षेत्रीय सभापति उपाध्यायले बताए ।

कञ्चनपुर १ मा नेपाली काँग्रेसले गठबन्धन अस्विकार गरे पछि सत्तारुढ दलहरुबिच गठबन्धन गरेर निर्वाचनमा भाग लिने सहमति तुहिने निश्चित भएको छ ।

यस अघि पनि नेपाली काँग्रेस क्षेत्रीय समितिको दृढ अडानले गठबन्धन भएको थिएन । काँग्रेसले गठबन्धन गर्न हुँदैन भन्ने मतदाताहरुको चाहना रहेको क्षेत्रमा पार्टीले गठबन्धन अस्विकार गर्ने निश्कर्षमा पुगेको क्षेत्रीय सभापति उपाध्यायले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु