धनगढी: नेपाल प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवा नेपाली काँग्रेस कैलाली जिल्ला प्रचार–प्रसार शाखा सदस्यमा मनोनित भएका छन्। काँग्रेस जिल्ला कार्य समितिद्वारा तपेन्द्र भुषाल नेतृत्वमा गठित प्रचार–प्रसार शाखा सदस्यमा देउवा मनोनित भएका हुन्।
२० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका देउवा लामो समयदेखि नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनमामा रहेर नेतृत्वदायी भूमिकामा रहेका छन्। देउवासँगै प्रचार–प्रसार शाखा सदस्यमा प्रेस युनियन लम्की शाखाका अध्यक्ष देवानन्द न्यौपानेलाई मनोनयन गरीएको छ।
यस्तै, देवानन्द जैशी संयोजक रहेको संगठन विभागमा बद्रीप्रसाद ढकाल, बाबुराम चौधरी, ललितादेवी भट्ट मनोनयन गरिएको काँग्रेस कैलाली जिल्ला प्रचार–प्रसार शाखा संयोजक तपेन्द्र भुषालले जानकारी बताए।