September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुजारी प्रकरण : दुवै पक्षलाई मेलमिलापकै माध्यमद्वारा समाधान खोज्न आग्रह

मा प्रकाशित

कञ्चनपुर । गत भदौ १६ गते ऋषि पन्चमीको दिन पुजारी ब्राम्हण ले आफ्नो पुजा नगरी जातिय विभेद गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरिए पछि समाजमा सद्भाव राख्न जिल्ला समन्वय समिती कञ्चनपुरको सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

जिससका प्रमुख दुर्गा दत्त बोहराको अध्यक्षमा बसेको आजको बैठले दुवै पक्षलाई मेलमिलापकै माध्यमद्धारा समस्याको निराकरण गर्न आग्रह गरेको छ ।

यस्तै जिल्लामा रहेका सबै राजनितिक दललाई आ आफ्ना कार्यकता तथा शुभेच्छुकहरुलाई मेलमिलाप गर्न लगाउन आग्रह गरेको हो । जिल्लाको भीमदत्त नगरपालिका ११ स्थित महाकाली नदीको भुजेला घाटमा दलित समुदायका व्रतालु महिलाको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारी सहदेव भट्ट पक्राउ परेका छन्।

आइतबार पीडित भीमदत्त नगरपालिका ५ का सन्जु नेपालीले पुजारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध सम्बन्धी मुद्दा जाहेरी दर्ता गरेकी थिइन्। प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि पुजारी भट्टलाई पक्राउ गरिएको थियो ।

No description available.

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु