हिमाल जोशी
धनगढी,
चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसी आज सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढी आइपुगेका छन् ।
उनी आज साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्न धनगढी आएका हुन् ।
डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्म अल्टिमेटम दिएका थिए ।
‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै जवाफ नआएकाले म सत्याग्रहका लागि धनगढी आएको छु।’ डा. केसीले भने, ‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा अनशन बस्छु ।’
आज बेलुका ५ बजेदेखि अनसन बस्ने भएपनप सुरक्षाको कारण स्थान भने अझै तय नभएको उनले बताएका छन् । डा. केसीले आफूले राखेका माग र समाधानको खाका समेत सरकारलाई यश अघि नै बुझाइसकेका छन् ।
अहिले डा. केसी धनगढी स्थित सुदुरपश्चिम प्रदेश सभाकाे परिसरमा रहेका छन । उनले नागरिक समाजका प्रतिनिधि संग छलफल गरिरहेका छन ।
आफ्ना माग प्रति सरकार अर्थात प्रधानमन्त्रीले वेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा अनसन गर्ने निर्णयमा पुगेकाे केसीले बताए ।