पुनर्वास । कंचनपुरको पुनर्वास नगरपालिका-६, ङ-गाउँ घर भएकी वृद्ध धनादेवि कुवँर घरमा सुतेकै अवस्थाबाट हिजो मध्यराती बेपत्ता भएको उनका छोरा राजेन्द्र कुवँरले जानकारी दिए ।
“आमाको मानसिक सन्तुलन अलि ठिक थिएन, राती साढे १० बजे देखि ३ बजेको बीचमा बेपत्ता हुनुभयो”, छोरा राजेन्द्रले भने, “बेपत्ता भएको थाहा पाएपछि राती देखि नै सबैतिर खोजी गरिरहेका छौ, तर कहि भेटाएनौ ।”
उनले बेपत्ता आमाको खोजी गरिदिन ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.मा समेत निवेदन गरेको बताए ।